
घुम, 24 जून (हि.स.)। दार्जिलिङ शहर नजिक घूममा नाबालिक छात्रामाथि ब्लेडले गरिएको हमला काण्डका दुईजना आरोपी पक्राउ परेका छन्। जोरबंगला पुलिस थानाको एएसआई विनोद भुजेल अनि टीमको संयूक्त प्रयासमा आरोपीहरूलाई पक्राउ गरिएको छ।
उक्त जानकारी दार्जिलिङ सदर पुलिस थानाका सीआई पार्थ सारथी चन्दाले दिएका हुन्। नाबालिक हमलाकाण्डका दुईजना आरोपी मध्ये एकजनालाई हिजो पक्राउ गरिएको थियो भने अर्का आरोपीलाई पनि पक्राउ गरिएको छ।
हिन्दुस्थान समाचार / हनोक