मङ्गन जिल्लामा ईएफ वितरण र डिजिटलीकरण प्रक्रिया जारी
मङ्गन जिल्लामा ईएफ वितरण र डिजिटलीकरण प्रक्रिया जारी


मङ्गन, 24 जून (हि.स.)। मङ्गन जिल्ला चुनाउ अधिकारीको कार्यालयले जिल्लाका तीनवटै विधानसभा निर्वाचन क्षेत्रमा विशेष गहन पुनरीक्षण (एसआईआर) अभ्यासअन्तर्गत गणना फाराम (ईएफ) वितरण र डिजिटलीकरण निरन्तर रूपमा अगाड़ि बढ़िरहेको जानकारी दिएको छ।

बुधवार अपराह्न 4ः00 बजीसम्म 32,305 मतदातामध्ये कुल 32,041 गणना फाराम वितरण गरिएको छ, जसले समग्र वितरण दर 99.18 प्रतिशत हासिल गरेको छ। यसबाहेक 29,563 गणना फाराम डिजिटलीकरण गरिएको छ, जुन कुल मतदाताको 91.51 प्रतिशत हो।

विधानसभा निर्वाचन क्षेत्रअनुसार कबि-लुङ्चुकमा 12,001 अर्थात 90.79 प्रतिशत फाराम डिजिटलीकरण गरिएको छ। जङ्गुमा 10,046 फाराम अर्थात 93.95 प्रतिशत डिजिटलीकरण गरिएको छ। त्यसैगरी लाचेन-मङ्गनमा 7,516 फाराम अर्थात 89.59 प्रतिशत डिजिटलीकरण गरिएको छ।

जिल्ला चुनाउ अधिकारी, मङ्गनले अभ्यासमा संलग्न सबै बुथस्तरीय अधिकारी र निर्वाचन अधिकारीहरूको समर्पित प्रयासको प्रशंसा गरेका छन् र बाँकी डिजिटलीकरण प्रक्रिया समयमै पूरा गर्ने दिशामा काम जारी राख्न आग्रह गरेका छन्। गणना फाराम अहिलेसम्म बुझाउन नसकेका नागरिकहरूलाई बीएलओसँग सहकार्य गर्न र संशोधन प्रक्रियामा आफ्नो सहभागिता सुनिश्चित गर्न अनुरोध गरिएको छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande