बर्फुङ समष्टिमा एसडीएफ र सीएपी त्यागेर 17 परिवार एसकेएम पार्टीमा प्रवेश
बर्फुङ समष्टिमा एसडीएफ र सीएपी त्यागेर 17 परिवार एसकेएम पार्टीमा प्रवेश


गान्तोक, 24 जून (हि.स.)। बर्फुङ निर्वाचन क्षेत्रको बोरोङ-फाम्ताम जीपीयूअन्तर्गत लोवर पोलोक र अपर पोलोक वार्डबाट 17 परिवारले सीएपी र एसडीएफ पार्टी परित्याग गरी एसकेएम पार्टीमा प्रवेश गरेका छन्। बोजोघारीमा आज एउटा संक्षिप्त कार्यक्रममा एसकेएम ठेकेदार प्रकोष्ठका उपाध्यक्ष प्रभारी टासी ग्याल्पो भोटियाले नयाँ सदस्यहरूलाई पार्टीमा स्वागत गरे।

उनीहरूले मुख्यमन्त्री प्रेमसिंह तामाङको गतिशील, दूरदर्शी तथा जनमुखी नेतृत्वबाट प्रभावित भएर एसकेएममा प्रवेश गरेको बताए। उनीहरूले एसकेएम सरकारद्वारा अघि बढ़ाइएका विकासमुखी नीति, जनकल्याणकारी कार्यक्रम तथा समावेशी शासन व्यवस्थाले राज्यभरि सकारात्मक परिवर्तन ल्याएको भन्दै पार्टीप्रति विश्वास व्यक्त गरे।

पार्टी प्रवेश गर्नेहरूमा लोवर पोलोक वार्डका समीर प्रधान, पबी माया गुरुङ, राजेन्द्र राई, देवीलाल प्रधान, राजमान राई, विकास प्रधान, नारद शर्मा, रबिन प्रधान र रोहित प्रधान रहेका छन्। त्यसैगरी अपर पोलोक वार्डबाट किरण राई, घनश्याम राई, मणिकुमार राई, पुष्प राई, अरुण राई, हर्कबहादुर राई, पुरण राई तथा डम्बरसिंह प्रधान रहेका छन्।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande