
कोलकाता, 24 जून (हि.स.)। कोलकाता समेत दक्षिण बङ्गालका केही जिल्लाहरूमा असमय कालबैशाखी आएको कारणले मङ्गलवार जनजीवन पूर्ण रूपमा प्रभावित भयो। शहरका विभिन्न भागहरूमा रूख ढलेको समाचार पनि प्राप्त भएको छ। केही घण्टाको तीव्र वर्षापछि कतिपय स्थानहरूमा घुँड़ा-घुँड़ासम्म पानी भरियो। दक्षिण बङ्गालसँगसँगै उत्तर बङ्गालका केही जिल्लाहरूमा पनि घना वर्षा दर्ता गरियो। बुधवार पनि यो सिलसिला जारी रहने सम्भावना छ।
मौसम विभाग अनुसार राजस्थानदेखि बिहारसम्म फैलिएको मौसमी अक्षरेखा उत्तर प्रदेशमाथि सक्रिय भएको छ। यसको प्रभावले आगामी केही दिनसम्म पश्चिम बङ्गालको मौसम परिवर्तन भइरहनेछ। गङ्गा तटीय पश्चिम बङ्गालका केही जिल्लाहरूमा हल्कादेखि मध्यम वर्षा अनि मेघ गर्जनसितै वर्षा हुने सम्भावना व्यक्त गरिएको छ।
कोलकातामा बुधवार आंशिक रूपमा बादल लागिरहने अनुमान छ। शहरा हल्कादेखि मध्यम वर्षा अथवा मेघ गर्जनसितै वर्षा हुनसक्छ। अधिकतम तापमान लगभग 34 डिग्री सेल्सियस र न्यूनतम तापमान लगभग 27 डिग्री सेल्सियस रहने सम्भावना छ।
दक्षिण बङ्गालका उत्तर 24 परगना, दक्षिण 24 परगना, नदिया, मुर्शिदाबाद, बीरभूम, पूर्व बर्धमान र पश्चिम बर्धमान जिल्लामा वर्षाको मात्रा बढ़्नसक्छ। पूर्व र पश्चिम बर्धमान, बीरभूम, मुर्शिदाबाद तथा नदियामा 50 किलोमीटर प्रतिघण्टाको गतिले तीव्र हावासितै मेघ गर्जन अनि वर्षाको चेताउनी दिइएको छ। साँझपछि पश्चिमी जिल्लामा वज्रपात हुने आशङ्का बढ़्नसक्छ। स्थिति गम्भीर भए रेड अलर्ट पनि जारी गर्नसक्छ।
उत्तर बङ्गालमा पनि पछिल्लो केही दिनदेखिको वर्षाको दौड़ जारी छ। दार्जीलिङ, जलपाईगुड़ी, कालेबुङ, अलिपुरद्वार अनि कुचबिहारमा बुधवार हल्कीदेखि मध्यम वर्षा अथवा मेघ गर्जनसितै वर्षा हुने पूर्वानुमान छ। शुक्रवारदेखि जलपाईगुड़ी अनि अलिपुरद्वारमा अत्यधिक वर्षालाई लिएर अरेञ्ज अलर्ट जारी हुने सम्भावना छ।
मौसम विभागले पहाड़ी क्षेत्रहरूमा पैह्रो, नदिहरूको जलस्तर बढ़्ने अनि तल्लो क्षेत्रमा जलभराउ अथवा बाढ़ी जस्तो स्थिति उत्पन्न हुने आशङ्का छ। लगातार वर्षाको कारणले सड़क अनि रेल यातायात सहित सामान्य जनजीवन प्रभावित हुनसक्छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा