कछारमा 90 लाख रूपियाँ मूल्यको हेरोइन जफत, दुई तस्कर पक्राउ
कछारमा 90 लाख रूपियाँ मूल्यको हेरोइन जफत, दुई तस्कर पक्राउ


कछार, 25 जून (हि.स.)। लागूऔषध विरोधी अभियानमा ठूलो सफलता हासिल गर्दै कछार जिल्लाको कलाइन थाना क्षेत्रको दिगोराखाल ओल्डृ एमवीआई गेट पोइन्टमा पुलिसले लगभग 90 लाख रुपियाँ बराबरको शंकास्पद हेरोइन जफत गरेको छ।

आधिकारिक सूत्रहरू अनुसार, विश्वसनीय जानकारीको आधारमा पुलिसले हिजो राति नाका जाँच अभियान चलायो र चेकपोस्ट सञ्चालन गर्योा र एएस-01डीएन-5202 पंजीकरण संख्या भएको गाड़ीलाई रोकेर खोजी गऱ्यो। खोजीको क्रममा गाड़ीको गोप्य डिब्बाबाट 15 वटा साबुनदानीमा लुकाइएको शंकास्पद हेरोइन जफत भयो।

जफत गरिएको लागूऔषधको कूल तौल 177 ग्राम पाइयो। पुलिस अनुसार, यसको अनुमानित बजार मूल्य लगभग 90 लाख रुपियाँ छ।

यस घटनामा पुलिसले दुई जनालाई पक्राउ गरेको छ। उनीहरूलाई नागाउँ जिल्लाको रंगोलु गाउँका निवासी हसन अली र भकट गाउँका निवासी सिद्दिकुल इस्लामको रूपमा पहिचान गरिएको छ।

पुलिसले एनडीपीएस एक्ट अन्तर्गत सबै कानूनी औपचारिकताहरू पूरा भएको बताएको छ। यस मुद्दामा आवश्यक कानूनी कारबाही शुरु गरिएको छ र हेरोइनको स्रोत र गन्तव्य र तस्करी सञ्जालमा संलग्न अन्य व्यक्तिहरू पहिचान गर्न थप अनुसन्धान भइरहेको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande