कोलकाता हेर्ने सपना कालमा परिणत, तारातला दुर्घटनामा मामा-भाञ्जाको मृत्यु
कोलकाता हेर्ने सपना कालमा परिणत, तारातला दुर्घटनामा मामा-भाञ्जाको मृत्यु


कोलकाता, 27 जून (हि.स.)। कोलकाताको तरातलामा भएको भवन दुर्घटनामा मामा-भाञ्जाको मृत्यु भयो।

जानकारी अनुसार भाञ्जा साहिल केही दिनदेखिको मामासित थियो। उसले मामाबाट शहरमा अग्ला-अग्ला भवन, टाड़ासम्म देखिने दृश्य, फ्ल्याटहरूको लस्कर तथा हावड़ा ब्रिजका कथाहरू सुनेका थिए। त्यसैले उसले सपना देखेको थियो, एक दिन उसले पनि आफ्नै आँखाले कोलकाता हेर्नेछ।

छुट्टीमा मामा घर आउँदा साहिलले मामासित जाने जिद गरेको थियो। भाञ्जाको इच्छा पूरा गर्नको लागि मामा खालेकले उसलाई तारातलास्थित निर्माणाधिन गोदाममा ल्याए जहाँ उसले श्रमिकको रूपमा काम गर्थ्यो।

गत बुधवार दुवै निर्माणाधिन गोदामको छतमा पुगेका थिए, अचानक दुर्घटना भयो। यस दुर्घटनामा परी साहिलको घटनास्थलमै मृत्यु भयो भने गम्भीर रूपमा घाइते खालेकलाई अस्पतालमा भर्ती गरिएको थियो। दुई दिनसम्म जीवन-मृत्युबीच सङ्घर्ष गरेपछि शनिवार अपरान्ह एसएसकेएम ट्रमा केयरमा उसको पनि मृत्यु भयो।

खालेकका भाइ नूर आलम सरदारले बताए, खालेकले पहिला मुम्बईमा प्लम्बरको काम गर्थे। कोरोना कालमा फर्केर आएपछि तारातलाको यस गोदाममा काम पाएका थिए। साहिल कक्षा 10- का छात्र थिए जो छुट्टी बिताउनको लागि बसन्तीस्थित मामाको घरमा आएका थिए। कोलकाता हेर्ने इच्छा लिएर मामासित तारातला पुगेको साहिलको यो यात्रा जीवनकै अन्तिम यात्रा बन्न पुग्यो।

शनिवार स्वास्थ्य मन्त्री एवं चिकित्सक डा. शारद्वत मुखोपाध्यायले एसएसकेएम अस्पतालमा पुगेर घाइतेहरूलाई भेट गरे। उनले बताए, केही घाइतेहरू अब स्वस्थ भइरहेका छन् जसलाई चाँड़ै छुट्टी दिने प्रक्रिया अगाड़ि बढ़िरहेको छ। पूर्व श्रम मन्त्री अनादी साहूले पनि अस्पतालमा पुगेर घाइतेहरूसित भेट गरे।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande