
कोलकाता, 27 जून (हि.स.)। कोलकातामा शनिवार मेट्रो सेवा दुई पटक बाधित हुनाले यात्रीहरूलाई विविध समस्याको सामना गर्नुपऱ्यो। बिहान-बिहानै आत्महत्या गर्ने प्रयास गरिएको घटनाले मेट्रो सञ्चालनलाी प्रभावित पाऱ्यो।
पहिलो घटना सामान्य हुँदा-नहुँदै अपरान्हमा फेरि ब्लू लाइनमा यस्तै किसिमको घटना घट्यो जसले गर्दा पुनः मेट्रो सेवा बाधित भयो। तथापि मेट्रो सुरक्षा कर्मीहरूको तत्परताको कारणले आत्महत्या गर्ने प्रयास गरिरहेका दुवै मानिसहरूलाई बचाइयो।
ताजा जानकारी अनुसार हाल ब्लू लाइनमा गिरीश पार्क मेट्रो स्टेशनदेखि शहीद खुदीराम मेट्रो स्टेशनसम्म मेट्रो सेवा चलिरहेको छ भने अर्कोतिर दक्षिणेश्वर मेट्रो स्टेशनदेखि गिरिश पार्कबीच अप र डाउन दुवै लाइना सेवा पूर्ण रूपले बन्द छ। लगातार दुई पटक सेवा बाधित हुनाले दैनिक यात्रीहरूलाई विभिन्न समस्याको सामना गर्नु पऱ्यो भने कतिपय ठाउँमा भीड़ पनि देखियो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा