रिषड़ामा महिलाको गला रेटी हत्या, पतिले सुइँकुच्चा ठोक्यो
रिषड़ामा महिलाको गला रेटी हत्या, पतिले सुइँकुच्चा ठोक्यो


हुगली, 27 जून (हि.स.)। जिल्लाको रिषड़ा नगरपालिका अधिनस्थ वार्ड संख्या 20 स्थित नतून ग्राम क्षेत्रमा शनिवार बिहान एकजना महिलाको गला रेटी हत्या गरिएको घटनाले सम्पूर्ण क्षेत्रमा सन्त्राष फैलायो। मृतकाको पहिचान मोनिका ओझा (32)- को रूपमा भएको छ जो भाड़ाको कोठामा बस्दै आएकी थिइन्। उनको एकजना छोरी पनि छे।

प्राप्त जानकारी अनुसार शनिवार बिहान लगभग 9 बजे छोरीलाई भेट्न गएकी मृतकाकीआमाले मोनिकाको रगताम्मे शव देखिन्। शवलाई देख्नसाथ उनले स्थानीय मानिसहरूलाई सूचना दिइन्। घटनाको खबर फैलिनसाथ घटनास्थलमा स्थानीय मानिसहरूको भीड़ ओइरियो।

सूचना पाएर रिषड़ा थाना प्रभारी सञ्जय सरकार पुलिस बल सहित घटनास्थलमा पुगे। पछि श्रीरामपुरका पुलिस उपायुक्त (डीसीपी) अर्णब विश्वासले पनि घटनास्थलमा पुगेर स्थितिको जायजा लिए।

स्थानीय मानिसहरू अनुसार मृतकाका पति दीपङ्कर सरकार गए शुक्रवार बाहिरबाट फर्केका थिए। तथापि शनिवार बिहान घटना भएदेखि नै तिनी भागेका छन्। पुलिस उनको खोजीमा जुटेको छ।

डीसीपी अर्णब विश्वासले बताए, यो हत्याको मामिला प्रतीत भइरहेको छ। पुलिसले सबै पक्षहरूलाई ध्यानमा राखेर जाँच गरिरहेको छ साथै भगौड़ा पतिलाई खोजिरहेको छ। सवलाई पोस्टमर्टम गर्नको लागि पठाइदिएको छ।

स्थानीय सूत्र अनुसार मृतकाको वैवाहिक जीवनलाई लिएर विभिन्न प्रकारका चर्चाहरू चलिरहेका छन्। यद्यपि पुलिसले यी दाबीहरूको आधिकारिक पुष्टि गरेको छैन साथै जाँच पूरा नहुञ्जेलसम्म कुनै निष्कर्षमा पुग्न अस्वीकार गरेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande