भागोप्रमोबाट युवा शक्ति समष्टि सभापतिको राजीनामा
माइकल गुरुङ


सोनादा, 27 जून (हि.स.)। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा सोनादा पचेङ समष्टिको युवा शक्तिका अध्यक्ष माईकल गुरुङले राजीनामा दिएका छन्। उनले आफ्नो राजीनामा पत्र भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रिय संस्थापक अध्यक्षलाई पठाएका छन्। उनले पत्रमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको सोनादा पचेङ समष्टि युवा शक्तिको सभापति साथै साधारण सदस्यबाट पनि आफ्नो राजीनामा दिएकाे उल्लेख गरेका छन्।

---------------

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande