
पाकिम, 27 जून (हि.स.)। भारत निर्वाचन आयोगद्वारा सञ्चालन भइरहेको विशेष गहन पुनरीक्षण (एसआईआर) 2026 अन्तर्गत पाकिम जिल्लाले ९९.५१ प्रतिशत गणना फाराम (ईएफ) वितरण तथा ९२.१२ प्रतिशत डिजिटाइजेशन सम्पन्न गरेको छ।
जिल्लाका कुल ८३,१११ मतदाता मध्ये ८२,७०१ गणना फाराम बुथ लेभल अफिसर (बीएलओ) मार्फत वितरण गरिएको छ। छापिएका ८३,१११ फाराममध्ये ७६,५५८ फाराम डिजिटाइज गरिसकिएको छ भने ७६,५३९ फाराम बीएलओद्वारा प्रमाणीकरण गरिएको छ। हाल १२६ फाराम डिजिटाइज गरिनु बाँकी रहेका छन् भने मतदाताले बुझाएका चार फाराम प्रमाणीकरणको प्रतीक्षामा छन्।
हालसम्म विधिवत रूपमा भरिएको गणना फाराम पेश नगरेका मतदाताहरूलाई २८ जून, २०२६ भित्र अनिवार्य रूपमा फाराम बुझाउन अनुरोध गरिएको छ, ताकि मस्यौदा मतदाता नामावली तयार पार्ने कार्य सहज रूपमा सम्पन्न गर्न सकियोस्। एसआईआर सम्बन्धी कुनै पनि सहयोगका लागि मतदाताहरूले आफ्नो सम्बन्धित बुथ लेभल अफिसर, निर्वाचन दर्ता अधिकारी वा सहायक निर्वाचन दर्ता अधिकारीसँग सम्पर्क गर्न सक्ने बताइएको छ।
हिन्दुस्थान समाचार / बिशाल