वार्ड नम्बर दुईको मेल सेल्फ हेल्प ग्रुपद्वारा सर सफाई
समूहका सदस्यहरू साफ सफाई गर्दै


खरसाङ, 27 जून (हि.स.)। खरसाङ नगरपालिका अन्तर्गत टेकबीर बस्ती वार्ड नम्बर दुईको मेल सेल्फ हेल्प ग्रुप आफन्तद्वारा सर सफाई कार्यक्रम गरिएको छ। यस कार्यक्रममा चेयरपर्सन समिर गुरुङ, सचिव बिरबल पाख्रीन, कोषाध्यक्ष नरेन लामा अनि सदस्यहरू सुजय गुरुङ, जन बस्को राई, अजय गुरुङ, बिपेन्द्र राई, रमोद गुरुङ र प्रितम लामा यस सहभागी थिए।

सर सफाई अजय गुरुङको घरदेखि लिएर तल पुलको डाँडासम्मको बाटोको दुवै छेउमा घाँस पात बढेर मानिसहरू हिड्नलाई असुविधा भइरहेको थियो। साथै, बाटोमा बर्खाका कारण लेउ लागेर बाटो चिप्लो भएको थियो। यही बाटो भएर दिनहुँ स्कूले छात्र, छात्रा साथै गाउँका मानिसहरू हिँड्छन्। धेरै चोटि विद्यार्थीहरू र गाउँले मानिसहरू आवात जावत गर्दा लडेका पनि छन्।

यसै असुविधालाई ध्यानमा राख्दै यस ग्रुपका दशजना सदस्यहरूले पैसा संग्रह गरी ब्लिचिङ पाउडर किनेर बाटोको सर सफाई गरेका हुन्। आगामी दिनहरूमा पनि यस ग्रुपद्वारा जनसाधारणको हितको निम्ति धेरै कार्यहरू गरिने जानकारी सचिव बिरबल पाख्रीनले दिएका छन्।

---------------

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande