तमन्ना हत्याकाण्डमा थप 12 जना आरोपी पक्राउ, मुख्यमन्त्री शुभेन्दु अधिकारीले भने- 'मैले आफ्नो वाचा पूरा गरे'
तमन्ना हत्याकाण्डमा थप 12 जना आरोपी पक्राउ, मुख्यमन्त्री शुभेन्दु अधिकारीले भने- 'मैले आफ्नो वाचा पूरा गरे'


कोलकाता, 27 जून (हि.स.)। पश्चिम बङ्गालका मुख्यमन्त्री शुभेन्दु अधिकारीले कालीगञ्जकी नौ वर्षीय तमन्ना खातून हत्याकाण्डमा पुलिसको कारबाहीलाई लिएर महत्वपूर्ण अपडेट दिएका छन्। मुख्यमन्त्रीले शनिवार आफ्नो 'एक्स'-मा पछिल्लो केही दिनभित्रमा पक्राउ गरिएका 12 जना आरोपीहरूको सूची जारी गर्दै लेखे- तमन्नालाई न्याय दिलाउनु हाम्रो प्राथमिकता हो र हामीले आफ्नो वाचा पूरा गरेका छौं।

वास्तवमा पछिल्लो वर्षको 23 जूनमा उपचुनाउको परिणाम घोषित भएको दिन नदिया जिल्लाको कालीगञ्ज थाना अन्तर्गत मोलान्दी गाउँमा उपद्रवीहरूद्वारा फालिएको बमको चपेटमा परी तमन्ना खातूनको मृत्यु भएको थियो। घटनापछि तमन्नाकी आमा सबिन यासमिनले 24 जना मानिसहरूविरूद्ध सिकायत दर्ता गराएकी थिइन्। शुरूआती कारबाहीमा पुलिसले एघार जना आरोपीहरूलाई पक्राउ गरेको थियो भने रहल आरोपीहरू भागेका थिए।

सरकार परिवर्तन भएपछि मुख्यमन्त्री शुभेन्दु अधिकारीले विधानसभामा यस मामिलाको उल्लेख गर्दै तमन्नाको परिवारलाई न्याय दिलाउने आश्वाशन दिएका थिए। त्यसपछि उनले पीड़िताकी आमा सबिना यासमिनसित भेट गरी चाँड़ै कारबाही गर्ने भरोसा दिए।

मुख्यमन्त्रीको आश्वासन पश्चात पुलिसले लगातार अभियान सञ्चालन गरी भगौड़ा आरोपीहरूलाई खोज्न शुरू गऱ्यो। पुलिसले हरियाणाको गुरुग्राम र महाराष्ट्रको नागपुर सहित केही स्थानहरूमा छापामारी गरी आरोपीहरूलाई पक्राउ गऱ्यो। मुख्यमन्त्रीले बताए, प्राथमिकीमा सूचीवद्ध लगभग सबै आरोपीहरूलाई अब पक्राउ गरिसकिएको छ।

आफ्नो पोस्टमा मुख्यमन्त्रीले कृष्णानगर जिल्ला पुलिसको सराहना गर्दै भने, तमन्नालाई न्याय दिलाउनको लागि पुलिसले तत्काल कारबाही तथा कानूनसम्मत कारबाही गरेको छ। अर्कोतिर यस कारबाहीबाट तमन्नाकी आमा सबिना यासमिनले पनि सन्तोष व्यक्त गरेकी छन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande