
गुवाहाटी, 27 जून (हि.स.)। राज्यमा जारी असम अगेन्स्ट ड्रग्स अभियान अन्तर्गत श्रीभूमि पुलिसले ठूलो सफलता हासिल गर्दै लगभग 2.4 करोड़ रुपियाँको याबा ट्याबलेटको खेप जफत गरेको छ। असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले शनिवार सोशल मीडियाको माध्यमबाट सो जानकारी दिए।
मुख्यमन्त्री अनुसार शनिवार सवेरै गुप्त सूचनाको आधारमा श्रीभूमि पुलिसले तत्काल कारबाही गर्दै मादक पदार्थको यस ठूलो खेपलाई समात्यो। यस अवधि एकजना आरोपीलाी पनि पक्राउ गरियो जो कथित रूपमा यस अवैध कारबारमा सामेल थिए।
उनले भने, यो कारबाही राज्यमा सक्रिय नशालु पदार्थको तस्करीको नेटवर्कमाथि ठूलो प्रहार हो। पुलिसको सतर्कता, गुप्त सूचनाहरूमाथि तत्काल कारबाही अनि लगातार सञ्चालित अभियानहरूको कारणले मादक पदार्थविरूद्ध असम सरकारको आन्दोलनले लगातार सफलता हासिल गरिरहेको छ।
मुख्यमन्त्रीले यस सफल अभियानको लागि श्रीभूमि पुलिसको सराहना गर्दै भने, राज्य सरकारले नशा तस्करीविरूद्ध आफ्नोकारबाहीलाई आगामी दिनमा पनि पूर्ण कड़ाईपूर्वक जारी राख्नेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा