अवैध निर्माणविरूद्घ कड़ा सन्देश, जाँचको लागि तीन सदस्यीय कमिटी गठन गर्ने सङ्केत
अवैध निर्माणविरूद्घ कड़ा सन्देश, जाँचको लागि तीन सदस्यीय कमिटी गठन गर्ने सङ्केत


मालदा, 27 जून (हि.स.)। जिल्लामा अवैध निर्माणविरूद्ध कड़ा सन्देश दिइएको छ। इङ्गलिश बजार नगरपालिका क्षेत्रमा अनुमति बिना तथा नियमहरूविरूद्ध भएका निर्माणहरूमाथि कारबाही गर्ने तयारी शुरू गरिएको छ। यस मामिलाको जाँच गर्नको लागि तीन सदस्यीय कमिटी गठन गर्ने योजना रहेको छ। यो कमिटीले नगर क्षेत्रका सबै बहुतले भवन अनि अन्य भवनहरूको स्वीकृत नक्साहरूको जाँच गर्नेछ।

इङ्गलिश बजारका विधायक तथा राज्य विधानसभाका चीफ व्हिप अमलान भादुड़ी शनिवार पदातिक एक्सप्रेस मार्फत मालदा टाउन स्टेशनमा उत्रिए जहाँ उनले पत्रकारहरूसित कुराकानी गर्ने क्रममा उक्त जानकारी गराए। उनले स्पष्ट पारे, जाँचमा यदि कुनै निर्माण अवैध वा प्लानविरूद्द पाइयो बने कानून अनुसार कड़ा कारबाही गरिनेछ। आवश्यकता परे अवैध भागलाई भत्काउने कदम समेत उठाउन सकिन्छ।

विधायकले यो पनि भने, नगरपालिकामा भ्रष्टाचारका आरोपहरूको पनि गम्भीर रूपमा जाँच गरिँदैछ। यदि कुनै पार्षद वा अन्य व्यक्तिलाई दोषी पाइयो भने सम्बन्धित पार्षद अनि व्यक्तिविरूद्ध कानूनी कारबाही हुनेछ। साथै शहरका फुटपाठहरूलाई कब्जा गरेर बसेका अवैध हकर्सविरूद्ध पनि कारबाही गर्ने कुरा गरिएको छ। तथापि लघु अनि गरीब हकर्सलाई ध्यानमा राखेर अन्तिम फसेला लिइनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande