
हुगली, 27 जून (हि.स.)। हुगली जिल्लाको पुरशुड़ा विधानसभा क्षेत्र अन्तर्गत कनकपुर उत्तरपाड़ामा आयोजित माँ गङ्गाको पवित्र पूजाको उद्घाटन शनिवार सम्पन्न भयो। यस अवसरमा पुरशुड़ाका विधायक बिमान घोष प्रमुख रूपमा उपस्थित थिए। पूजाको उद्घाटनपछि विधायक बिमान घोषले माँ गङ्गाको आराधना गरे अनि क्षेत्रका मानिसहरूसित शुभकामना आदान-प्रदान गरे। आयोजन समितिको पक्षबाट उनलाई अभिनन्दन गरियो। कार्यक्रमा ठूलो सङ्ख्यामा स्थानीय श्रद्धालु अनि निवासीहरूको उपस्थितिले सम्पूर्ण क्षेत्र धार्मिक मोहोलमा घोलिएको देखियो।
यस अवसरमा विधायक बिमान घोषले भने, कनकपुर उत्तरपाड़ामा माँ गङ्गाको पवित्र पूजाको उद्घाटनमा उपस्थित भएर आशीर्वाद ग्रहण गर्ने सौभाग्य प्राप्त भएको छ। उनले माँ गङ्गासित प्रार्थना, सबैको जीवनमा सुख, शान्ति र समृद्धि कायम रहोस्।
पूजा समितिको पक्षबाट बताइयो, आगामी केही दिनसम्म विभिन्न धार्मिक अनि सांस्कृतिक कार्यक्रमहरूको माध्यमबाट यस उत्सवको आयोजन गरिनेछ। स्थानीय मानिसहरूको सक्रिय सहभागिताले सम्पूर्ण क्षेत्रको माहोल उत्साह तथा उमङ्गपूर्ण भएको देखिन्छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा