
खरसाङ, 27 जून (हि.स.)। खरसाङको मन्टिभियटस्थित टाँसी साम्तेलिङ गुम्बाका बौद्ध धर्म गुरु फुन्चुक पाख्रीन म्हेमे (प्रताप म्हेमे) को निधनमा तीनधारेमा शोक सभाको आयोजना गरिएको छ। उक्त शोक सभा तामाङ बुद्धिष्ट एसोसिएसन तीनधारे, अल इण्डिया तामाङ बुद्धिष्ट एसोसिएसन तीनधारे र साम्तेलिन छ्योलिङ मानिलाखाङ गुम्बाको संयुक्त आयोजनामा सम्पन्न भयो।
उक्त शोक सभाको अध्यक्षता तामाङ बुद्धिष्ट एसोसिएसन र पद्मा छोइलिङ गुम्बाका संरक्षक छ्वाङ बम्जनको अध्यक्षतामा सम्पन्न भयो। सभामा म्हाणिपा संघ तीनधारेकी सचिव मिङ्मा लामा, तामाङ बुद्धिष्ट एसोसिएसनका सचिव महेन्द्र तामाङ, केन्द्रिय सदस्य सुरेन बम्जन, पद्मा छोइलिङ गुम्बाको सह सचिव सन्तोष लामा, अल इण्डिया तामाङ बुद्धिष्ट एसोसिएसनका मूल सचिव नरसाङ वाईबा लगायत अन्यहरु उपस्थित रहेका थिए।
शोक सभामा धर्म गुरु फुन्चुक पाख्रीन म्हेमे (प्रताप म्हेमे) को योगदान विषयमा चर्चा परिचर्चा गरिएको थियो। साथै, उनको निधनमा मौन गहिरो क्षति पुगेको र उनको आत्माले शान्ति पाओस् भनी प्रार्थना गरिएको सन्तोष लामाले जानकारी गराएका छन्।
---------------
हिन्दुस्थान समाचार / हनोक