
बरपेटा, 27 जून (हि.स.)। असमको बरपेटा जिल्लामा भारत-भुटान सीमाबाट अवैध रूपमा तस्करी गरेर ल्याइएको भुटानी मदिराविरूद्ध पुलिसले व्यापक कारबाही गर्दै 32 कार्टुन मदिरा जफत गरेको छ। यस मामिलामा दुई जना आरोपीहरूलाई पक्राउ गरिएको छ। पुलिसले अन्तर्राष्ट्रिय सीमासित सम्बन्धित सम्भावित तस्करी नेटवर्कको पनि जाँच गरिरहेको छ।
पक्रा पर्ने आरोपीहरूको पहिचान मोन्टी साहा र सञ्जय दासको रूपमा भएको छ। मदिरा तस्करीमा प्रयोग गरिएका दुई वटा ई-रिक्शालाई पनि पुलिसले जफत गरेको छ।
पुलिस अनुसार गुप्त सूचनाको आधारमा बरपेटा रोड थाना प्रभारी श्यामल ज्योति सैकियाको नेतृत्वमा खैराबाड़ी तथा मोइराझार क्षेत्रमा अभियान सञ्चालन गरियो। यस अवधि दुई वटा ई-रिक्शामा लगिरहेको अवैध भुटानी मदिरालाई जफत गरियो।
पुलिसले बतायो, जफत गरिएको 32 कार्टुन मदिरालाी भुटानबाट अवैध रूपमा भारत तर्फ ल्याइँदैथ्यो। मामिलामा अन्तर्राष्ट्रिय सीमासित सम्बन्धित तस्करी गिरोहको संलिप्तताको जाँच गरिँदैछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा