
कोलकाता, 27 जून (हि.स.)। पश्चिम बङ्गालमा मनसुनको प्रभाव लगातार मजबुत स्थितिमा कायम छ। मौसम विभाग अनुसार शनिवार उत्तर तथा दक्षिण बङ्गालका अधिकांश जिल्लाहरूमा मेघपूर्ण आकाशसितै गर्जनको साथमा तीव्र वर्षा हुने सम्भावना छ। बङ्गालको खाड़ीमा विकसित चक्रवाती परिसंचरण अनि सक्रिय मनसुनी अक्षरेखाको कारणले आगामी 24-देखि 36 घण्टासम्म मौसम प्रतिकूल रहने सङ्केत छ।
मौसम विभागले उत्तर बङ्गालका अलिपुरद्वार, कुचबिहार तथा जलपाईगुड़ी जिल्लामा अत्यधिक भारी वर्षालाई लिएर रेड अलर्ट जारी गरेको छ। यहाँका पहाड़ी क्षेत्रहरू क्रमैले दार्जीलिङ र कालेबुङमा लगातार पानी पर्ने हुनाले पैह्रो र अचानक बाढ़ी आउने आशङ्का व्यक्त गरिएको छ।
दक्षिण बङ्गालमा कोलकाता समेत हावड़ा, हुगली, उत्तर एवं दक्षिण 24 परगना तथा पश्चिम मेदिनीपुर जिल्लामा अपरान्हपछि तीव्र हावासितै वज्रपात अनि घना वर्षा हुने पूर्वानुमान छ। हावामा नमीको स्तर 90 प्रतिशतभन्दा अधिक रहेको कारणले मानिसहरूलाई आद्रतापूर्ण गर्मीको सामना गर्न परिरहेको छ।
मौसम विभाग अनुसार राज्यको अधिकतम तापमान 32-36 डिग्री सेल्सियस रहने सम्भावना छ। प्रशासनले प्रतिकूल मौसम अवधि सतर्क रहने अनि आवश्यक परे मात्र घरदेखि बाहिर निक्लिने अपील गरेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा