
श्रीभूमि, 25 जून (हि.स.)। असमको श्रीभूमि जिल्लामा पुलिसले 1.10 करोड़ रूपियाँ बराबरको प्रतिबन्धित फेन्सिडिल खोकीको सिरप जफत गरेको छ। यस घटनामा संलग्न तीन जनालाई पक्राउ गरिएको छ।
पुलिसले बतायो, सूचनाको आधारमा श्रीभूमि पुलिसको टोलीले जिल्लाको टुकारपार-गिरिगंज क्षेत्रमा खोजी अभियान चलायो। अपरेशनको क्रममा पुलिसले एउटा गाड़ी रोकेर खोजी गर्दा ठूलो मात्रामा प्रतिबन्धित फेन्सिडिल खोकीको सिरप जफत भयो। पुलिस अनुसार, जफत गरिएको कन्साइनमेन्टको बजार मूल्य लगभग 1.10 करोड़ रुपियाँ रहेको छ। पुलिसले घटनास्थलबाट तीन जनालाई पक्राउ गरेको छ। पक्रा परेका अभियुक्तहरूको अनवर हुसैन, आतिश धर र बबला दासको रूपमा पहिचान गरिएको छ। पुलिसले तीनै जनासित सोधपुछ गरिरहेको छ।
पुलिस अधिकारीहरूको भनाई छ, यो कन्साइनमेन्ट ठूलो तस्करी नेटवर्कको हिस्सा हुनसक्छ। यस व्यवसायमा कुनै अन्तरराज्यिय वा अन्तरराष्ट्रिय गिरोह संलग्न छ कि छैन भनेर पनि अनुसन्धान भइरहेको छ।
यस कारबाहीको क्रममा पुलिसले जिल्लाका विभिन्न क्षेत्रहरूमा सञ्चालित धेरै अवैध रक्सी पसलहरूमा पनि छापा माऱ्यो। ठूलो मात्रामा अवैध रक्सी नष्ट गरियो र सम्बन्धित सामग्रीहरू पनि जफत गरियो।
हिन्दुस्थान समाचार / भवानी थामी