
सोनादा, 25 जून (हि.स.)। इण्डियन गोर्खा जनशक्ति फ्रण्ट (आईजीजेएफ) को श्रमिक संगठन हाम्रो हिल तराई डुवर्स चियाबारी श्रमिक संघले आज चिया बगान श्रमिक आन्दोलनमा शहीद भएका वीर शहीदहरूलाई स्मरण गरेको छ।
उल्लेख्य, 25 जून, 1955 मा मार्गेट्सहोप चिया बगानमा चिया श्रमिकहरूले आफ्नो हक र अधिकारको माग लिएर शान्तिपूर्ण आन्दोलन गरेका थिए। त्यही समय बंगाल पुलिसको गोलीले छजना श्रमिक शहीद भएका थिए।
मार्ग्रेट्सहोप चिया बगानको शहीद बेदीमा बिहीबार बिहान हाम्रो हिल तराई डुवर्स चियाबारी श्रमिक संघका केन्द्रिय अध्यक्ष डीके गुरूङ, भीम सुनाम लगायत केन्द्रिय नेतृत्व एवं स्थानीय श्रमिक नेतृत्वहरूले श्रद्धाञ्जली अर्पण गरे।
अध्यक्ष डीके गुरूङले भने, चिया श्रमिकहरूको हक र अधिकारको निम्ति 25 जून, 1955 मा श्रमिकहरूले प्राणको आहुति दिएका थिए। 1951 सालमा श्रमिक कानून बन्यो। तर, श्रमिक कानून अनुसार श्रमिकहरूले पाउनु पर्ने हक र अधिकारहरू नपाउँदा चिया श्रमिकहरू निराश भए।
उनले अघि भने, यी शहिदहरूले चिया श्रमिकहरूको हक र अधिकारको निम्ति प्राणको आहुति दिएका थिए। यी वीर शहिदहरूले दिएको त्याग र बलिदानलाई हामी कदापि भूल्न सक्दैनौं।'
हिन्दुस्थान समाचार / हनोक