लङभ्यू श्रमिक अनशन 5औँ चरणमा: तीनजना श्रमिकहरु अनशनमा सहभागी
लङभ्यू श्रमिक अनशन 5औँ चरणमा: तीनजना श्रमिकहरु अनशनमा सहभागी


खरसाङ, 25 जून (हि.स.)। पीएफ, ग्रेच्युटी तथा अन्य बकाया रकमहरूको भुक्तानीको माग गर्दै खरसाङको लङभ्यू चिया बगानका श्रमिकहरूले सञ्चालन गरिरहेको 72 घण्टे अनशन आज 5औँ चरणमा प्रवेश गरेको छ। यस चरणमा श्रमिकहरू माला तामाङ (55), पशुपति विश्वकर्मा (63) र जीवन छेत्री (54) 72 घण्टे अनशनमा बसेका छन्।

राज्यमा सरकार परिवर्तन भए पनि हालसम्म श्रमिकहरूको माग र मुद्दाप्रति सम्बन्धित निकायबाट कुनै प्रभावकारी पहल हुन सकेको छैन। बिहीवार अनशन स्थलबाट युनियन सचिव तनुजा लामाले श्रमिकहरू आफ्नो न्यायोचित माग पूरा गराउन आवश्यक परे आमरण अनशनमा समेत बस्न तयार रहेको बताइन्।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande