
कामरूप, 25 जून (हि.स.)। असमको रंगिया नगरमा फेरि एकपटक चेन स्न्याचरहरूको आतंक देखिएको छ। बिहिवार बिहान ब्रिकफिल्ड कालोनी क्षेत्रमा मर्निङ वकमा निस्केकी महिलाको सुनको चेन दुई जनाले पेस्तोल देखाएर खोसेर फरार भएका छन्।
प्राप्त जानकारी अनुसार, पखिला कलिता नामकी महिला सदाझैं बिहान घुम्न निस्केकी थिइन्। यसैबीच मोटरसाइकलमा आएका दुई अपरिचित लुटेरा उनको नजिक आए। बदमाशहरूले उनलाई पेस्तोल देखाएर धम्की दिए औं उनको घाँटीको सुनको चेन खोसेर भागेको बताइएको छ।
दिउँसै भएको यो घटनाले क्षेत्रमा त्रासको माहोल छ। हाल यस क्षेत्रमा चेन स्न्याचिङका घटना बढ्दै गएकाले नागरिकमा असुरक्षाको भावना बढ्दै गएको स्थानीयको भनाइ छ।
घटनाको जानकारी पाएलगत्तै पुलिसले घटनास्थलमा पुगेर अनुसन्धान थालेको छ। पुलिसले वरपरको सिसिटिभी फुटेज स्क्यान गरी अभियुक्तको पहिचान गरी पक्राउ गर्ने प्रयास तीव्र पारेको छ।
हिन्दुस्थान समाचार / भवानी थामी