काली पहाड़ी बजारमा चोरको बिगबिगी, व्यापारीहरू चिन्ताग्रस्त
काली पहाड़ी बजारमा चोरको बिगबिगी, व्यापारीहरू चिन्ताग्रस्त


पश्चिम बर्दवान, 26 जून (हि.स.)। आसनसोलको काली पहाड़ी बजार क्षेत्रमा शुक्रवार बिहान एउटा गहना पसलमा भएको चोरीको घटनाले सम्पूर्ण क्षेत्रमा सन्त्राष फैलायो। चोरहरूले सुनियोजित ढङ्गमा पसलको भित्ता भत्काएर भित्र प्रवेश गरी लाखौं रुपियाँको सुन र चाँदीका गहनाहरू सहित नगद लिएर सुइँकुच्चा ठोके। चोरहरूले पसलको सीसीटीभी क्यामरालाई पनि क्षति पुऱ्याएर डीभीआर आफूसित लिएर गए।

जानकारी अनुसार पसल मालिक दिवाकर चौधरी सदा जस्तै शुक्रवार बिहान पनि आफ्नो पसल खोल्नका लागि पसलमा पुगे। बाहिरबाट सबै कुरा सामान्य देखिरहेको थियो, तर भित्र प्रवेश गर्नसाथ उनलाई चोरी भएको थाहा लाग्यो। जाँच गर्दा पत्तो लाग्योष चोरहरूले पसलको पछिल्लोतिरको पर्खाललाई आलमारीको नजिकबाट भत्काएर भित्र पसी घटनालाई परिणाम दिएका थिए।

पसल मालिक मुताविक चोरहरूले पसलबाट लगभग एक किलो चाँदी, सय ग्राम सुन र गल्लामा राकिएको 10 हजार रुपियाँ नगद लिएर भागे। चोरीपछि आरोपीहरूले सीसीटीभी क्यामरालाई भत्काएर डीभीआर रेकर्डरलाई आफूसित लिएर गए।

घटनाको सूचना पाएर पुलिसले घटनास्थलमा पुगी जाँच शुरू गरे। पुलिसले वरपरका क्षेत्रहरूको सीसीटीभी क्यामराको फुटेजको जाँच गरिरहेको छ। पसल मालिकको सिकायतको आधारमा मामिला दर्ता गरी आरोपीहरूलाई खोजिरहेको छ।

व्यापारीहरूले क्षेत्रको सुरक्षा व्यवस्थालाई मजबुत बनाउन अनि पुलिसको गस्ती बढ़ाउने माग गरेका छन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande