जाली डाक्टरहरूविरूद्ध कारबाही, दुई पक्राउ
जाली डाक्टरहरूविरूद्ध कारबाही, दुई पक्राउ


कछार (असम), 26 जून (हि.स.)। असममा जाली डाक्टर विरोधी अभियान अन्तर्गत पुलिसले गए बिहीवार अबेर राती विशेष अभियान सञ्चालन गरी दुई जना कथित रूपमा नक्कली डाक्टरहरूलाई पक्राउ गऱ्यो।

कछार पुलिस मुख्यालयद्वारा आज दिइएको जानकारी अनुसार पहिलो आरोपी बिश्वजीत सिङ्घा (53), निवासी बोटारापुर, थाना कुचुधारामलाई सोनाई थानाकाण्ड सङ्ख्या 64/2025 को सिलसिलामा पक्राउ गरिएको हो भने दोस्रो आरोपी बिक्रान सिङ्घा (26), निवासी तारापुर, रायगढ़, मणिपुरबस्ती, थाना सिलचरलाई सिलचर थानाकाण्ड संख्या 580/202 मा पक्राउ गरिएको हो जसमाथि भारतीय न्याय संहिता (बीएनएस)- का धाराहरू क्रमैले 316(2), 319(2), 336(2), 340(2), 125 औ 271 अन्तर्गत मामिला दर्ता गरिएको छ।

पुलिसले बतायो, दुवै आरोपीसित जाँंचबुझ गरिँदैछ। मामिलाको जाँच जारी छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande