आवास योजनामा अवैध असुली गरेको आरोप, लाभार्थीहरूको प्रदर्शन
आवास योजनामा अवैध असुली गरेको आरोप, लाभार्थीहरूको प्रदर्शन


कुचबिहार, 26 जून (हि.स.)। जिल्लाको मथाभाङ्गा दुई नम्बर ब्लकको पारडुबी ग्राम पञ्चायत क्षेत्रमा शुक्रवार आवास योजना अन्तर्गत घर दिलाउने नाममा कटमनी लिएको आरोपलाई लिएर व्यापक विरोध प्रदर्शन गरियो। मटियारकुठी क्षेत्रका सयभन्दा अधिक लाभार्थीहरूले ऱ्याली निकालेर ग्राम पञ्चायतकी उपप्रधान तथा तृणमूल नेता पूर्णिमा बर्मनको घर सामु प्रदर्शन गरे।

प्रदर्शनकारीहरूको आरोप छ, आवास योजना अन्तर्गत घर दिलाउने वाचा गरी स्थानीय तृणमूल नेताहरूको एक वर्गले उनीहरूबाट थुप्रो पैसा असल गऱ्यो। लाभार्थीहरूको भनाइ छ, कसैबाट 30 हजार रुपियाँ त कसैबाट 20 हजार रुपियाँ, कसैबाट 10 हजार रुपियाँसम्म लिइयो। लामो समय बितिसक्दा पनि न त घर पाइयो न कुनै काम शुरू भयो जसले गर्दा लाभार्थीहरू उग्र भएका हुन्।

प्रदर्शनकारीहरू पछि तृणमूलका बूथ अध्यक्ष अरूण दासको घर तर्फ गए अनि त्यहाँ पनि विरोध प्रदर्शन गरे। उनीहरूले स्पष्ट रूपमा भने, अवैध रूपमा लिइएको पैसालाई तुरून्त फर्काइयो अनि दोषीहरूलाई पक्राउ गरियोस्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande