ड्रग्स तथा तस्करी विरोधी अभियान जारी रहनेछ: मुख्यमन्त्री
ड्रग्स तथा तस्करी विरोधी अभियान जारी रहनेछ: मुख्यमन्त्री


गुवाहाटी, 26 जून (हि.स.)। अन्तरराष्ट्रिय ड्रग्स एवं अवैध तस्करी विरोधी दिवसको अवसरमा असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले राज्यलाई नशामुक्त बनाउने सङ्कल्पलाई दोहोऱ्याए। उनले भने, असम सरकारले ड्रग्स तथा अन्य सामाजिक बिसङ्गतिहरूको पूर्ण उन्मूलनको लागाि हरसम्भव प्रयास जारी राख्नेछ।

मुख्यमन्त्रीले शुक्रवार सोशल मीडियामा जारी आफ्नो सन्देशमा भने, असम सरकार तथा असम पुलिसले ड्रग्स विरूद्ध शून्य सहनशीलता (जीरो टलरेन्स)-को नीति अन्तर्गत लगातार कठोर ्अभियान सञ्चालन गरिरहेको छ। उनले भने, समाजलाई नष्ट पार्ने यस बिसङ्गतिविरूद्ध सरकारको कारबाही आगामी दिनमा पनि पूर्ण दृढ़्ताको साछमा जारी रहनेछ।

डा. सरमाले विश्वास व्यक्त गरे, सरकार अनि पुलिसको निरन्तर प्रयासबाट भविष्यमा असम ड्रग्स तथा समाजविरोधी गतिविधिहरूदेखि पूर्ण रूपले मुक्त हुनेछ। उनले भने, राज्यका युवाहरूको सुरक्षित भविष्य औ स्वस्थ समाज निर्माणका लागि सरकारले पूर्ण प्रतिबद्धताको साथमा कार्य गरिरहेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande