संविधान हत्या दिवस लोकतन्त्रको रक्षाप्रति अटुट प्रतिबद्धताको प्रतीक हो : मुख्यमन्त्री
संविधान हत्या दिवस लोकतन्त्रको रक्षाप्रति अटुट प्रतिबद्धताको प्रतीक हो : मुख्यमन्त्री


नयाँ दिल्ली, 26 जून (हि.स.)। दिल्लीकी मुख्यमन्त्री रेखा गुप्ताले शुक्रवार भनिन्, प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा आज राष्ट्रका लोकतन्त्र सेनानीहरूको सहस अनि बलिदानलाई नमन गर्दै ‘संविधान सर्वोपरि हो र रहनेछ’- को सङ्कल्पलाई दोहोराइरहेको छ। उनले भनिन्, संविधान हत्या दिवस आपातकालको कालो अध्यायलाई कहिल्यै नभुल्ने अनि लोकतन्त्रको रक्षाप्रति हाम्रो अटुट प्रतिबद्धताको प्रतीक हो।

भारतीय जनता पार्टी (भाजपा)- को दिल्ली प्रदेश एकाईले शुक्रवार 51औं वर्षगाँठमा शुक्रवार नयाँ दिल्ली नगरपालिका परिषद (एनडीएमसी) कन्भेन्शन सेन्टरमा “संविधान हत्या दिवस”- को अवसरमा आपातकाल कालो दिवस सेमीनार -को आयोजन गरियो। यस अवसरमा आपातकालमा बन्दी बनाइएका कार्यकर्ताहरूलाई दिल्लीकी मुख्यमन्त्री रेखा गुप्ता, पूर्व शिक्षा मन्त्री स्मृति इरानी तथा दिल्ली भाजपा प्रदेश अध्यक्ष हर्ष मल्होत्राले अभिनन्दन गरे।

यस अवधि सबैले लोकतन्त्रको रक्षा, नागरिक अधिकारहरूको महत्व औ आपातकालमा भएका सङ्घर्षहरूलाई स्मरण गर्दै ती कठिन दिनहरूबाट पाठ सिकेर लोकतान्त्रिक मूल्यहरूलाई सुदृढ़ बनाइराख्ने सङ्कल्प लिए।

मुख्यमन्त्री रेखा गुप्ताले भनिन्, 25 जून, 1975 भारतीय लोकतन्त्रको त्यो कालो अध्याय हो जतिबेला कङ्ग्रेसले सत्ता बचाउने अनि एउटा परिवारका राजनीतिक हितहरूको लागि देशमाथि आपातकाल थोपियो। संविधानको भावनालाई ठेस पुऱ्याइयो, नागरिक स्वतन्त्रताहरूलाई दमन गरियो अनि लोकतन्त्रको आवाज दबाउने प्रयास गरियो।

कार्यक्रममा भाजपा संसदीय बोर्डका सदस्य सत्यनारायण जटिया, सांसद रामवीर बिधूड़ी, योगेन्द्र चाँदोलिया, बाँसुरी स्वराज, विधायक अभय वर्मा औ स्थायी समिति अध्यक्ष सत्या शर्मा सहित अन्य गण्यमान्य व्यक्तिहरू उपस्थित थिए।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande