
पश्चिम बर्दवान, 26 जून (हि.स.)। भाजपाकी एकजना महिला नेतासित कथित दुर्व्यवहार गरेको आरोपलाई लिएर गए बिहीवार राती लगभग 11 बजे दुर्गापुरको कोकओभन थाना अन्तर्गत बीरभानपुर क्षेत्रमा तनाउ फैलियो। आरोप भाजपाकै शक्ति प्रमुख निमाई तन्तुबायमाथि लगाइएको छ। घटनालाई लिएर दुवै पक्षबीच बहस भएको एउटा भीडियो भाइरल भएको छ, तथापि भाइरल भीडियोको स्वतन्त्रताको पुष्टि भएको छैन।
बीरभानपुर क्षेत्रको भाजपाकी सक्रिय नेता मालती बाउरीले आरोप लगाइन्, राज्य सरकारका विभिन्न सामाजिक योजनाहरूको फारम भराउने सम्बन्धमा विवाद शुरू भयो। उनको दाबी छ, निमाईले सरकारी योजनाहरूको फारमलाई लिएर आम मानिसहरूलाई भ्रमित पारिरहेका छन् जसबाट पार्टीको छवि प्रभावित भइरहेको छ। यसैको विरोध गर्दा उनीसित दुर्व्यवहार गरियो।
मालती बाउरीले यो पनि आरोप लगाइन्, दुर्गापुर पश्चिम विधानसबाको तीन नम्बर मण्डल अध्यक्ष तेजनारायण मण्डलको नजिकमा रहेकोले फाइदा उठाएर निमााई तन्तुबायले पछिल्लो लामो समयदेखिकै पुराना भाजपा कार्यकर्ताहरूलाई बेवास्ता गर्दै आइरहेका छन्।
घटनाको विरोध गर्दै भाजपा कार्यकर्ताहरूको ठूलो सङ्ख्या कोकओभन थानामा पुगे अनि आरोपीविरूद्ध कारबाही गर्ने माग गरे।
तथापि भाजपाको दुर्गापुर पश्चिम विधानसभाका 3 नम्बर मण्डल अध्यक्ष तेजनारायण मण्डलले सबै आरोपहरूलाई खारेज गरिदिए। उनको भनाइ छ, यो भाजपाको कुनै गुटीय विवाद होइन जबकि तृणमूल कङ्ग्रेसले सुनियोजित ढङ्गमा यस्तो स्थिति उत्पन्न गर्ने प्रयास गरिरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा