बङ्किमचन्द्र चट्टोपाध्यायको जयन्तीमा मुख्यमन्त्रीले दिए श्रद्धाञ्जली
बङ्किमचन्द्र चट्टोपाध्यायको जयन्तीमा मुख्यमन्त्रीले दिए श्रद्धाञ्जली


गुवाहाटी, 26 जून (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले शुक्रवार महान देशभक्त एवं युगद्रष्टा साहित्यकार बङ्किम चन्द्र चट्टोपाध्यायको जयन्तीमा उनलाई भावपूर्ण श्रद्धा़ञ्जली अर्पण गरे। उनले भने, औपनिवेशिक शासनको अन्धकारमय युगमा बङ्किमचन्द्र चट्टोपाध्यालले आफ्नो आफ्नो लेखनीको माध्यमबाट राष्ट्रिय चेतनाको दीप प्रज्जवलित गरे अनि देशभक्तिको भावनालाई नयाँ दिशा दिए।

मुख्यमन्त्रीले सोशल मीडियामा साझा आफ्नो सन्देशमा भने, बङ्किमचन्द्रद्वारा रचित 'वन्दे मातरम्' एउटा गीत मात्र नभएर भारतीय स्वतन्त्रता आन्दोलनको आत्मा नै भएको थियो। यसले भाषा, क्षेत्र तथा समुदायको सीमादेखि माथि उक्लेर करोड़ौं देशवासीहरूलाई एक सूत्रमा बाँध्नका साथै देशभक्ति आत्मसम्मान अनि स्वतन्त्रताको भावनालाई ससक्त बनायो।

उनले भने, 'आनन्दमठ'- को माध्यमबाट बङ्किमचन्द्र चट्टोपाध्यायले भारत माताको गौरवशाली स्वरूपलाई राष्ट्र सामु प्रस्तुत गरे अनि स्वतन्त्रता, राष्ट्रिय स्वाभिमान एवं राष्ट्रिय चेतनाको प्रेरणा दिए। मुख्यमन्त्रीले भने, भारतको पुनर्जागरण अनि राष्ट्रनिर्माणमा उनको अतुलनीय योगदानलाई सदैव श्रद्धा तथा कृतज्ञताको साथमा स्मरण गरिनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande