मणिपुरमा पाँच जना उग्रवादी समातिए, हतियारहरूको भण्डार तथा संदिग्ध गाँजा जफत
मणिपुरमा पाँच जना उग्रवादी समातिए, हतियारहरूको भण्डार तथा संदिग्ध गाँजा जफत


इम्फाल, 26 जून (हि.स.)। मणिपुरमा सुरक्षा बलहरूले बितेको 24 घण्टाभित्रमा सञ्चालित विभिन्न अभियानहरूमा विभिन्न उग्रवादी सङ्गठनहरूका पाँच जना क्याडरहरूलाई पक्राउ गरे। यसको साथै हतियारहरूको भण्डार तथा इण्फाल हवाईअड्डामा एकजना यात्रीबाट संदिग्ध गाँजा पनि जफत गरियो।

आज दिइएको आधिकारिक जानकारी अनुसार गए 25 जूनका दिन सुरक्षा बलहरूले काकचिङ्ग जिल्लाको काकचिङ्ग खुनौ उमाथेल मथक लेइकाई निवासी सोरेपा नाम सङ्गठनका सक्रिय क्याडर एवं कथित रङ्गदारी असुल्ने शामजेतशाबाम कोकफाई मैतेई (26)-लाई उसको घरबाटै पक्राउ गऱे। यसै दिन थौबल जिल्लाको खोङ्गजोम थाना अन्तर्गत वाङ्गजिङ्ग सबल लेइकाईबाट केवाईकेएलका सक्रिय क्याडर कोन्सम ओकेन मैतेई उपनाम माइजाओ उपनाम मालेमङ्गनबा उपनाम बोदे (36)-लाई पनि पक्राउ गरियो।

यसरी नै इम्फाल पश्चिम जिल्लाको लामसाङ्ग थाना अन्तर्गत फायेङ्ग र खराङ्ग कोईरेङ्ग/तैरेनपोकपीको माझमा अवस्थित एक सुनसान क्षेत्रबाट तीन वटा एके राइफल, एउटा 9 एमएम पिस्तोल, चार वटा म्यागजिन, विभिन्न क्यालिबरका 37 वटा जीवित कारतूस तथा दुई वटा बाओफेङ्ग वायरलेस ह्याण्डसेट जफत गरियो।

एक अन्य कारबाहीमा इम्फाल एयरपोर्टमा एयरपोर्ट पुलिस अनि सीआईएसएफद्वारा सञ्चालित संयुक्त जाँचमा इम्फाल पूर्व जिल्लाका हेरिश माईबाम (23)-को सामानबाट लगभग 420 ग्राम संदिग्ध गाँजा जफत गरियो। आरोपीलाई मादक पदार्थसितै पक्राउ गरियो।

यसै दिन सुरक्षा बलहरूले इम्फाल पूर्व जिल्लाको पोरोमपट थाना क्षेत्रबाट प्रेपाक (प्रो)- का सक्रिय क्याडर भर्तीकर्ता वाङ्गखेइराकपाम रोमियो मैतेई उपनाम बरुनी उपनाम कौब्रू (45)-लाई पक्राउ गरे भने थौबल जिल्लाको नोङ्गपोक सेकमाई थाना क्षेत्रको याइरिपोक काकमयाई लामखाईबाट एनआरएफएमका सक्रिय क्याडर आरके बोथोई उपनाम अमित उनामम सिङ्थाङ्गाम्बा (30)-लाई पक्राउ गरियो। उसको कब्जाबाट एउटा .32 पिस्तोल, एउटा म्यागजिन र तीन वटा जीवित कारतूस जफत गरियो।

सुरक्षा बलहरूले बताए, राज्यमा उग्रवाद, अवैध हतियार तथा मादक पदार्थको नेटवर्क विरोधी अभियान लगातार जारी रहनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande