
इटानगर, 26 जून (हि.स.)। अरूणाचल प्रदेशको राजधानी इटानगरको पुलिसले पछिल्लो 20 दिनभित्रमा इटानगर क्यापिटल रीजन तथा पापुम पारे जिल्लामा सञ्चालित एक विशेष अभियानमा वाहन चोरीको मामिलामा चार जना नाबालिकहरूलाई हिरासतमा लियो भने चोरी भएका लगभग 14 वटा दुई चक्के वाहनलाई पनि जफत गरियो। इटानगर पुलिसले आज बतायो, यो सफलता इटानगर पुलिस स्टेशनमा दर्ता मामिलाको सिलसिलामा प्राप्त भएको हो।
पुलिसले बताएको छ, 10-14 वर्ष पुगेका चार जना नाबालिकहरूलाई कानूनी प्रक्रिया अन्तर्गत पक्राउ गरिएको छ। राजधानी क्षेत्र तथा पापुम पारे जिल्लाका अलग-अलग स्थानहरूमा भएको चोरीका लगभग 14 वटा दुुई चक्के वाहन जफत गरिएको छ जसमा मामिला दर्ता भएका स्कुटीहरू पनि सामेल छन्। यो अपरेशन इटानगरको सहयोग पुलिस अध्यक्ष चेरा सावनको निगरानीमा सञ्चालन गरिएको हो।
अधिकारीहरूले बताए, जफत गरिएका वाहनहरूको जाँच भइरहेको छ, किनभने केही दुई चक्के वाहनको रेजिस्ट्रेशन नम्बर, इञ्जिन नम्बर र चेसिस नम्बरमा केही गड़बड़ी गरिएको भान भइरहेको छ। आवश्यक कानूनी औपचारिकका पूरा भएपछि वाहनहरूलाई त्यसका असली मालिकहरूलाई फर्काइनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा