करेन्टको चपेटमा परी महिलाको मृत्यु, पति गम्भीर रूपमा घाइते
करेन्टको चपेटमा परी महिलाको मृत्यु, पति गम्भीर रूपमा घाइते


पश्चिम मेदिनीपुर, 26 जून (हि.स.)। जिल्लाको घाटाल थाना अन्तर्गत प्रसादचक गाउँमा शुक्रवार बिहान करेन्ट लागेर एकजना महिलाको मृत्यु भयो। पत्नीलाई बचाउन गएका पति पनि करेन्टको चपेटमा परेर गम्भीर रूपमा घाइते भए।

स्थानीय मानिसहरू अनुसार शुक्रवार बिहान गृहणी घर बाहिर लुगा सुकाइरहेकी थिई। यसैै अवधि अचानक तिनी करेन्टको चपेटमा परिन्। करेन्ट लागेपछि तिनी चिच्याइन्। तिनको आवाज सुनेर पति पनि त्यहाँ पुगे जसले गर्दा तिनी पनि करेन्टको चपेटेमा परे।

परिवारका सदस्य तथा स्थानीय मानिसहरूले दुवैलाई तत्काल अस्पतालमा पुऱ्याए जहाँ डाक्टरहरूले महिलालाई मृत घोषित गरिदिए। यता गम्भीर रूपमा घाइते पतिको अस्पतालमा उपचार भइरहेको छ जसको अवस्था चिन्ताजनक रहेको बताइएको छ। घटनाको सूचना पाउनसाथ पुलिसले घटनास्थलमा पुगेर मामिलाको जाँच गर्न शुरू गऱ्यो। मामिलाको अग्रिम जाँच भइरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande