
गुवाहाटी, 26 जून (हि.स.)। असमका राज्यपाल लक्ष्मण प्रसाद आचार्यले शुक्रवार प्रथम महिला कुमुद देवीसित अम्बुबासी महायोगको निवृत्ति पश्चात श्रद्धालुहरूको लागि पुनः खोलिएको माण कामाख्या मन्दिरमा दर्शन-पूजन गरे। उनले माँ कामाख्यासित असमका मानिसहरूको सुख-समृद्धि, शान्ति औ राज्यको सर्वाङ्गीण विकासको कामना गरे।
देशका सबैभन्दा विराट आध्यात्मिक आयोजनहरूमध्ये एक अम्बुबासी मेलाको निवृत्तिको अवसरमा राज्यपालले पवित्र शक्तिपीठमा पूजा-अर्चना गरी समाजका हरेक वर्गको कल्याणको प्रार्थना गरे। उनले देश-विदेशबाट आएका लाखौं श्रद्धालु एवं तिर्थयात्रीहरूप्रति आभार व्यक्त गर्दै भने, उनको सहयोग र आस्थाबाट यस वार्षिक आध्यात्मिक आयोजन सफल भयो।
राज्यपालले मन्दिर प्रबन्धन समिति, जिल्ला प्रशासन, पुलिस, स्वच्छता कर्मी, स्वयंसेवकहरू तथा अन्य सबै सम्बन्धित पक्षहरूको सराहना गर्दै भने, उनीहरूको समन्वित तथा समर्पित प्रयासहरूले अम्बुबासी मेला शान्तिपूर्ण, सुरक्षित एवं सुव्यवस्थित ढङ्गमा सम्पन्न भयो। उनले भने, यो आयोजन भारतको समृद्ध आध्यात्मिक परम्परा तथा विविधतामा एकता औ सौहार्दको भावनाको प्रतीक हो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा