
कोकराझार (असम), 26 जून (हि.स.)। अन्तरराष्ट्रिय नशा निषेध एवं अवैध मादक पदार्थको तस्करी विरोधी दिवसको अवसरमा आज छैटौं वाहिनी सशस्त्र सीमा बल (एसएसबी), रानीगुलीका कमाण्डेन्ट रविन्द्र कुमरको मार्गदर्शनमा वाहिनी मुख्यालय, केरखामुरी बजार रानीघुली तथा वाहिनी अधिनस्थ समस्त सीमा चौकीहरूमा नशा मुक्ति एवं अवैध मादक पदार्थको तस्करीविरुद्ध व्यापक जागरूकता कार्यक्रम आयोजना गरियो।
कार्यक्रममा एसएसबीका अधिकारीहरू, अधिनस्थ अधिकारीहरू, जवान एवं स्थानीय नागरिकहरूलाई नशामुक्त भारत निर्माणको निम्ति शपथ दिलाइयो। साथै मादक पदार्थको सेवनबाट हुने शारीरिक, मानसिक एवं सामाजिक दुष्प्रभाव अनि अवैध मादक पदार्थको तस्करीका दुष्परिणामहरूको सम्बन्धमा विस्तृत जानकारी दिएर जागरूक गराइयो।
यस अवसरमा छैटौं वाहिनीले आफ्नो सन्देशमा बतायो, नशा समाज, परिवार एवं युवाहरूको भविष्यको लागि गम्भीर चुनौती हो। सबै नागरिकहरूलाी नशादेखि टाड़ा बस्ने, युवाहरूलाई यसप्रति जागरूक बनाउने तथा अवैध मादक पदार्थहरूको तस्करी भएको थाहा लागे तत्कालै सम्बन्धित एजेन्सीहरूलाी साझा गर्ने आह्वान गरियो। समाज अनि सुरक्षा बलहरूको संयुक्त प्रयासबाटै नशामुक्त एवं सुरक्षित भारत निर्माण गर्न सम्भव छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा