तारातला शेड दुर्घटनामा रानीगञ्जका नवीन सिंह बेपत्ता भए, चिन्तित परिवार छोराको निम्ति प्रतीक्षारत्
तारातला शेड दुर्घटनामा रानीगञ्जका नवीन सिंह बेपत्ता भए, चिन्तित परिवार छोराको निम्ति प्रतीक्षारत्


पश्चिम बर्दवान, 26 जून (हि.स.)। कोलकाताको तारातला क्षेत्रमा निर्माणाधिन वेयरहाउस गोदामको शेड झरेर भएको भयानक दुर्घटनामा अहिलेसम्ममा दश जनाभन्दा अधिक श्रमिकहरूको मृत्यु भएको समाचार छ भने केही श्रमिकहरू अहिले पनि बेपत्ता भएको बताइएको छ। बेपत्ता हुनेहरूमा पश्चिम बर्दवान जिल्लाको रानीगञ्जस्थित लायक बजार, लायक बाँध 3 नम्बर धावड़ा निवासी नवीन सिंह पनि सामेल छन्।

परिवारले आशङ्का व्यक्त गरेको छ, नवीन सिंह अवशेषहरूमा पुरिएका छन्। घटनाको जानकारी पाउनसाथ उनकी पत्नी नेहा देवी पतिको खोजीमा कोलकाता तर्फ प्रस्थान भएकी छन्। उनको साथमा जेठो छोरो प्रिन्स सिंह पनि गएका छन् जो दशौं कक्षाका छात्र हुन्।

परिवार अनुसार गत बुधवार बिहान लगभग 10 बजी नवीन सिंहको पत्नीसित फोनमा अन्तिम पटक कुराकानी भएको थियो। त्यसै अवधि उनले बताएका थिए, उनी काममा व्यस्त छन् र पछि कुरा गर्नेछन्। त्यसपछि उनीसित सम्पर्क हुन सकेन। अपरान्ह लगभग 1 बजे ठेकादारले दुर्घटनाको सूचना दिएपछि परिवार चिन्तित भयो। त्यसै दिन अपरान्ह लगभग अढ़ाई बजी पत्नी र छोरा कोलकातातर्फ प्रस्थान भए। शुक्रवार बिहान पनि नवीन सिंहको बारेमा कुनै पत्तो लागेको थिएन।

रानीगञ्ज स्थित घरमा उनकी माइली छोरी कोमल कुमार जो सातौं कक्षाकी छात्रा हो अनि कान्छा छोरा आर्यन सिंह बसेका छन्। परिवारको एकमात्र कमाउने सदस्य बेपत्ता भएपछि परिवारमा चिन्ता अनि अनिश्चितताको माहोल उत्पन्न भएको छ।

परिवारजनले बताए, नवीनसिंह किशोरावस्थादेखि नै निर्माण कार्यसित जोँड़िदै आएका छन्। उनले ठेकादारको अधिननमा कोलकाताको तारातलास्थित निर्माणाधिन परिसरमा काम गरिरहेका थिए। लगभग 15 दिनअघि तिनी घरमा अन्तिम पटक आएका थिए। एक हप्ता परिवारसित बिताएपछि उनी पुनः काममा फर्किएका थिए।

परिवारले यो पनि बतायो, नवीन सिंहको हातमा उनको नामटो ट्याटु बनिएको छ जसबाट उनलाई पहिचान गर्न सहज हुनेछ।

यस पीड़ादायी दुर्घटनाको खबर फैलिएपछि रानीगञ्जको लायक बजारमा पनि चिन्ता बढ़ेको छ। स्थानीय मानिसहरू तथा छिमेकीहरूले नवीन सिंहलाई चाँड़ै सुरक्षित भेटियोस् भनी प्रार्थना गरिरहेका छन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande