
चिराङ्ग (असम), 26 जून (हि.स.)। चिराङ्ग जिल्लाको कामडेगा क्षेत्रमा एउटा द्रूत गतिको कार पोखरीभित्र पसेर दुर्घटनाग्रस्त भएको कारणले वाहन चालकको घटनास्थलमै मृत्यु भयो। पुलिसले शुक्रवार बतायो, द्रूत गतिमा गुड़िरहेको कारमाथि चालकले आफ्नो नियन्त्रण गुमाएपछि कार सोझै पोखरीभित्र झऱ्यो।
घटना बारे जानकारी पाउनसाथ एसडीआरएफ र पुलिसको टीम घटनास्थलमा पुग्यो। एसडीआरएफले कड़ा परिश्रम गरेर चालकको शवलाई पोखरीबाट बाहिर निकाल्यो। मृतकको पहिचान हाराधन दत्तको रूपमा गरिएको छ। पुलिसले यस सम्बन्धमा एक प्राथमिकी दर्ता गरी मामिलाको जाँच गरिरहेको छ। पलिसले शवलाई पोस्टमर्टम गर्नको लागि अस्पतालमा पठाइदिएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा