संविधान हत्या दिवस-उत्तराखण्डका पूर्व मुख्यमन्त्री कोश्यारीले डीयूका प्रो. सुधीर सिंहको पुस्तकको गरे लोकार्पण
संविधान हत्या दिवस-उत्तराखण्डका पूर्व मुख्यमन्त्री कोश्यारीले डीयूका प्रो. सुधीर सिंहको पुस्तकको गरे लोकार्पण


नयाँ दिल्ली, 26 जून (हि.स.)। भारतमा वर्ष 1975-मा लागू भएको आपतकालको 51औं वर्षगाँठको अवसरमा महाराष्ट्र एवं गोवाका पूर्व राज्यपाल तथा उत्तराखण्डका पूर्व मुख्यमन्त्री भगत सिंह कोश्यारीले दिल्ली विश्वविद्यालयको कला सङ्कायस्थित टैगोर हलमा डीयूका प्रो. डा. सुधीर सिंहको पुस्तक “डेमोक्रेसी एण्ड ह्यूमन राइट्स इन इण्डिया रिफ्लेक्शन फर इमरजेन्सी (1975–1977)”- को लोकार्पण गरे।

यस अवसरमा दिल्ली विश्वविद्यालयका कुलपति प्रो. योगेश सिंह विशिष्ट अतिथिका रूपमा उपस्थित थिए।

यो पुस्तकले आपातकाल (1975–1977)- को गम्भीर विश्लेषण प्रस्तुत गर्दछ। पुस्तकमा संवैधानिक संस्थाहरू, नागरिक स्वतन्त्रता, लोकतान्त्रिक शासन व्यवस्था तथा मानवाधिकारमाथि परेको आपातकालका प्रभावहरूको ऐतिहासिक एवं वैचारिक परिप्रेक्ष्यमा अध्ययन गरिएको छ।

कुलपति प्रो. योगेश सिंहले लोकतान्त्रिक मूल्यहरूको रक्षा गर्नका लागि ऐतिहासिक स्मृतिको महत्वमाथि बल दिए। उनले भने, युवा पिँढ़ीको लागि भारतीय लोकतन्त्रको यस अन्धकारमय अध्यायलाई बुझ्नु अत्यन्त आवश्यक छ। यस पुस्तकको लोकार्पण एउटा पुरानो घाउलाई फेरि बल्झाउनु जस्तै हो, तर जुन राष्ट्रले आफ्नो घाउलाई बिर्सिन्छ, त्यसलाई दोहोऱ्याउने जोखिम उठाउँछन्।

आपातकालमा भोगेका आफ्ना व्यक्तिगत अनुभवहरूलाई साझा गर्दै भगत सिंह कोश्यारी जसले यस अवधि कैयौं महिना जेलमा बिताएका थिए,-ले भने, 25 जूनलाई संविधान हत्या दिवसको रूपमा स्मरण गरिनुपर्छ। यो भारतीय लोकतन्त्रको इतिहासको एउटा कालो अध्याय हो र भावी पिँढ़ीले यसको पाठलाई सदैव याद राख्नुपर्छ।

डा. सुधीर सिंहले भने, 19 महिनासम्म भारतीय लोकतन्त्र घना अन्धकारको छायाभित्र बस्यो। राज्य शक्तिको प्रयोग नगरलपालिका सहित लोकतान्त्रिक संस्थाहरू विरूद्ध गरियो। कौटिल्य अनुसार न्यायपूर्ण शासन कुनै पनि राजनीतिक व्यवस्थाको आधारशिला हो। आपातकाल लागू गरिनु लोकतान्त्रिक मूल्यमाथि गम्भीर प्रहार थियो।

डा. सुधीर सिंह हालैमा दिल्ली विश्वविद्यालयको राजनीति विज्ञान विभागमा प्रो. -का रूपमा नियुक्त भएका छन्। उनी एक जना प्रतिष्ठित विद्वान हुन् भने अहिलेसम्ममा पाँच वटा पुस्तकहरूको लेखन, 23 वटा पुस्तकहरूको सम्पादन तथा राष्ट्रि एवं अन्तर्राष्ट्रिय शोध पत्रिकाहरूमा 93 वटा शोध पत्र प्रकाशित गरिसकेका छन्।

कार्यक्रममा अनेकौं प्रतिष्ठित शिक्षाविद एवं बुद्धिजीवीहरू उपस्थित थिए जसमा प्रो. भारती शर्मा, प्रो. बी.के. सिंह, प्रो. एम. रहमतुल्लाह, प्रो. कुमार आशुतोष, प्रो. रञ्जना मुखोपाध्याय, प्रो. प्रेरणा मल्होत्रा, डा. कामाख्या तिवारी, प्रो. ए.एस. यारुइङ्गम, प्रो. रवि प्रकाश टेकचन्दानी, डूटा अध्यक्ष प्रो. वी.एस. नेगी तथा डा. रूपेश चौहान प्रमुख रूपमा सामेल छन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande