
सिलगढ़ी, 26 जून (हि. स.)। शहरबाट एउटा चकित पार्ने मामिला सामू आएको छ जहाँ कथित रूपमा सरकारी फण्डबाट निर्मित “पार्क”-लाई सिलगढ़ी नगरनिगमले शुक्रवार ध्वस्त बनाइदियो।
आरोप छ, नौ लाखभन्दा अधिक रुपियाँ खर्चिएर निर्माण गरिएको उक्त पार्क वास्तवमा घेराबन्दी र दुई-चार वटा रूखहरूसम्म मात्र सीमित थियो।
जानकारी अनुसार शहरको 41 नम्बर वार्डमा पछिल्लो तृणमूल सरकारको शासनकालमा सड़क कब्जा गरी पार्क बनाइएको थियो।
स्थानीय मानिसहरूको भनाइ छ, यो परियोजना पूर्ण रूपले “सरकारी पैसाको दुरूपयोग” थियो। यतिमात्र नभएर पार्क बनिएपछि क्षेत्रमा जल निकासीको समस्या बढ़ेको थियो।
वास्तनमा शुक्रवार बिहान सिलगढ़ी नगरनिगका नयाँ कमिश्नर वीर विक्रम रायले इस्कन मन्दिर रोड क्षेत्रमा भ्रमण गरेका थिए। यस अवधि उनको नजर सड़कमा बनिएको उक्त पार्कमाथि पऱ्यो जसपछि उनले तुरून्त पार्कलाई हटाउने आदेश दिए। सोही आदेश अनुरूप जेसीबी मशिनको सहयोगमा निगम कर्मीहरूले सम्पूर्ण ढाँचालाई भत्काइदिए।
स्थानीय मानिसहरूको आरोप छ, आवश्यकता बिनै मात्र सौन्दर्यीकरणको नाममा यो पार्क निर्माण गरिएको थियो जसले गर्दा सड़क साँघुरो भएको कारणले सर्वसाधारण मानिसहरूलाई विविध समस्याको सामना गर्नु परिरहेको छ। अर्कोतिर पार्कको छेउमा सड़कमाथि कब्जा गरी तृणमूल कङ्ग्रेसको कार्यालय पनि बनाइएको आरोप छ।
नगरनिगम सूत्र अनुसार नियम अनुरूप नोटिस जारी गरी पार्टी कार्यालयलाई पनि भत्काइनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा