मन्त्री आशिष सूदले गाजीपर ल्याण्डफिल साइटको गरे भ्रमण
मन्त्री आशिष सूदले गाजीपर ल्याण्डफिल साइटको गरे भ्रमण


नयाँ दिल्ली, 26 जून (हि.स.)। दिल्लीका शहरी विकास मन्त्री आशिष सूदले शुक्रवार गाजीपुर ल्याण्डफिल साइटको दौड़ाह गरी फोहोर प्रबन्धन कार्यको प्रगतिको निरीक्षण गरे। उनले यहाँ भइरहेको कार्य गतिको मूल्याङ्कन गर्दै फोहोर प्रबन्धन हासिल गर्नको लागि उनीहरूले समयमा अनि प्रभावकारी ढङ्गले काम पूरा गर्ने आवश्यकतामाथि बल दिए।

मन्त्री आशिष सूदले गाजीपुर ल्याण्डफिल साइटमै परियोजनाको स्थितिको समीक्षा गरे। यस अवधि दिल्ली नगरनिगम (एमडीसी)- का अतिरिक्त आयुक्त लीला धर मेघवाल अनि निगमका वरिष्ठ अधिकारीहरू उपस्थित थिए।

उल्लेखनीय छ, दिल्लीको ओखला, भलस्वा र गाजीपुर ल्याण्डफिल स्थलमा मैला-कुचैलाहरूको पहाड़लाई तह लगाएर उपयोगी भूमि विकसित गर्ने कार्य द्रूत गतिमा भइरहेको छ। मोठ 202 एकड़मध्ये अहिलेसम्ममा 75 एकड़ भूमिलाई पुनः हासिल गरिसकिएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande