सेप्टिक ट्याङ्कीभित्र पसेका तीन जना श्रमिकहरूको निसास्सिएर मृत्यु
सेप्टिक ट्याङ्कीभित्र पसेका तीन जना श्रमिकहरूको निसास्सिएर मृत्यु


नयाँ दिल्ली, 26 जून (हि.स.)। बाहिरी दिल्लीको मुण्डका इण्डस्ट्रियल एरियास्थित एक फ्याक्ट्रीमा शुक्रवार सेप्टिक ट्याङ्की सफा गर्ने क्रममा ठूलो दुर्घटना भयो। विषालु ग्यासको चपेटमा परी तीन जना श्रमिकहरूको निसास्सिएर मृत्यु भयो।

भनिन्छ, एकजना श्रमिक अचेत भएर लड़ेपछि उसलाई बचाउनका लागि अन्य दुई जना साथीहरू पनि ट्याङ्कीभित्र पसे। तर उनीहरू पनि विषालु ग्यासको चपेटमा परे। सूचना पाउनसाथ घटनास्थलमा पगेर दिल्ली दमकलको टीमले तीनै जनालाई बाहिर निकाल्यो, तर त्यसबेलासम्ममा उनीहरूको मृत्यु भइसकेको थियो।

जानकारी अनुसार अपरान्ह लगभग 12:03 बजे दमकल विभागलाई मुण्डका इण्डस्ट्रियल एरियास्थित फ्याक्ट्री नम्बर-93/8 मा सेप्टिक ट्याङ्कीभित्र मानिसहरू फसेको सूचना प्राप्त भयो। ज्वाल पुरी फायर स्टेशनबाट दुुई वटा वाटर टेण्डरलाई घटनास्थल तर्फ प्रस्थान गराइयो। ट्राफिक जाम भएको कारणले टिकरी स्टेशनबाट एउटा अतिरिक्त वाटर टेण्डरलाई पठाइयो। राहत एवं बचाउ अभियानको निम्ति एसडीएम मुण्डकालाई पनि घटनास्थलमा बोलाइयो।

दमकल अधिकारी अनुसार तीनै जना श्रमिक एक-एक जना गरेर ट्याङ्कीभित्र पसेका थिए। ट्याङ्कीमा विषालु ग्यास भरिएको कारणले उनीहरू अचेत भए। दमकलकर्मीहरूले कड़ा सङ्घर्ष गरेर तीनैलाई बाहिर निलाके अनि नजिकैको अस्प्तालमा भर्ती गराए। मृतकहरूको पहिचान अरुण (38), सन्दीप (32) र चाँद (42)-को रूपमा भएको छ। तीनै सुल्तानपुरीको इन्द्रा झील निवासी थिए जसले फ्याक्ट्रीमा श्रमिकको काम गर्थे।

मुण्डका थाना पुलिसले शवहरूलाई पोस्टमर्टम गर्नको लागि पठाइदिएको छ। पुलिसले मामिलाको जाँच गरिरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande