
कोलकाता, 26 जून (हि.स.)। कोलकाताको कलेज स्ट्रीटमा आयोजित साहित्य सम्राट बङ्किमचन्द्र चट्टोपाध्यायको 189औं जयन्ती समारोहमा मुख्यमन्त्री शुभेन्दु अधिकारी सामेल भए। समारोहमा आफ्नो सम्बोधन राख्ने क्रममा मुख्यमन्त्रीले पूर्ववर्ती तृणमूल सरकारमाथि चर्को हमला गर्दै भने, उसको सम्पूर्ण कार्यकाल तुष्टीकरण, भ्रष्टाचार, भाइ-भतिजावाद औ पश्चिम बङ्गाललाई पछि धकेल्नमै बित्यो। उनले भने, राष्ट्रवाद तथा देशभक्ति जस्तो विषय उक्त सरकारको एजेण्डामा सामेल थिएन।
मुख्यमन्त्रीले भने, अब राज्यमा राष्ट्रवादीको सरकार सत्तामा छ, राष्ट्र हितसित सम्बन्धित सबै कार्य गरिनेछ। उनले बताए, राज्य सरकारले आफ्नो बजटमा घोषा गरेको छ कि 'वन्दे मातरम्'- को 150 वर्ष पूरा भएको उपलक्ष्यमा राष्ट्रिय स्तरको एउटा सङ्ग्राहलय स्थापना गरिनेछ।
मुख्यमन्त्रीले कोलकाताको तारातलामा निर्माणाधिन गोदाम भत्किएको घटनाको पनि उल्लेख गरे। उनले भने, दुर्घटनास्थलमा अवशेषहरूलाई हटाउने कार्य लगातार भइहेको छ भने राहत अनि बचाउ अभियान पूर्ण गम्भीरताको साथमा सञ्चालन गरिँदैछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा