
कोलकाता, 26 जून (हि.स.)। पश्चिम बङ्गालमा शुक्रवार मौसमको स्वरूप मिश्रित रहने सम्भावना छ। राज्यका केही भागहरूमा आंशिक रूपमा बादल लाग्ने, आद्रतापूर्ण गर्मी तथा कतै-कतै ह ल्कादेखि मध्यम वर्षासितै मेघ गर्जन हुने सम्भावना छ।
राजधानी कोलकातामा अपरान्ह एक बजे वरपर तापमान 33-देखि 37 डिग्री सेल्सियसबीच दर्ता गरियो। हावामा नमी लगभग 75 प्रतिशत रहेको कारणल आद्रताको सामना गर्न परिरेहको छ।। मौसम विभाग अनुसार दिउँसो दक्षिण दिसाबाट लगबग 22-देखि 24 किलोमीटर प्रतिघण्टाको गतिले हावा चल्नसक्छ।
शुक्रवार शहरका कतिपय ठाउँहरूमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। अधिकतम तापमान 37°C र न्यूनतम तापमान 28°C लगभग रहनसक्छ। साँझपछि मौसम सफा हुने संकेत छ।
मौसम विशेषज्ञहरू अनुसार दक्षिण बङ्गालका तटीय जिल्लाहरूमा आगामी केही दिनसम्म रोकिँदै वर्षा तथा मेग गर्जनसितै घना वर्षा हुनसक्छ। मानिसहरूलाई चर्को घाम र आद्रताबीच बाहिर निक्लिँदा सतर्कता अप्नाउने सल्लाह दिइएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा