नुरी शेर्पाले जीटीएको सभासद पदबाट राजीनामा दिए
Nuri Sherpa


खरसाङ, 26 जून (हि.स.)। जीटीएका सभासद एवं टुङ सन्त मेरिज समष्टिका सभासद नुरी शेर्पाले सभासद पदबाट राजीनामा दिएका छन्। सभासद शेर्पाले शुक्रवार एउटा भिडियो जारी गर्दै दार्जिलिङ पहाडमा भइरहेको राजनैतिक उत्तर चढाऊ साथै केन्द्र र राज्यमा दुवैतिर डबल इञ्जिनको सरकार भएको बेला गोर्खाहरुको समस्या समाधान हुने आशा व्यक्त गर्दै जीटीएको सभासद पदबाट राजीनामा दिएको बताएका छन्।

उनले भनेका छन्, 'गोर्खाहरुको लामो समयदेखिको मागलाई डबल इञ्जिनको सरकारले फत्ते गर्न सक्ने महसुस गरेका छौँ। हामी जातिको लागि, माटोको लागि, सम्पूर्ण गोर्खा जातिको लागि र जनताको आकांक्षालाई पूरा गर्न सभासदको पदबाट राजीनामा दिइरहेका छौं।'

उल्लेखनीय छ, जीटीए प्रमुख अनित थापाले जीटीए प्रमुख कार्यपालको पदबाट राजीनामा दिएपछि सभासदहरुले भटाभट राजीनामा दिइरहेका छन्। सभासद नुरी शेर्पा लगायत अन्य कतिपय सभासदहरुले भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाबाट राजीनामा दिइसकेका छन् भने शुक्रवार सभासद पदबाट पनि राजीनामा दिएका छन्।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande