सोनादामा गोजमुमोको सांगठनिक सभा सम्पन्न: गोजमुमो र नारी मोर्चा कमिटी गठन
सोनादामा गोजमुमोको सांगठनिक सभा सम्पन्न


खरसाङ, 26 जून (हि.स.)। गोर्खा जनमुक्ति मोर्चा पार्टीको एक सभा आज सोनादा पार्टी कार्यालयमा सम्पन्न भयो। यस सभाको अध्यक्षता संयोजक शङ्कर तामाङले गरेको थियो।

सभामा केन्द्रिया समिति सदस्य कुमार तामाङ साथै महकुमा समितिका नारी पदाधिकारीहरु पनि उपस्थित रहेका थिए। गोजमुमोको निर्देशनलाई पालन गर्दै संगठनका कार्यहरु सुचारु रुपले सञ्चालन गर्न सशक्त समिति गठन गर्ने उद्देश्यका साथ सभा गरिएको थियो।

यस क्रममा सोनादा पचेङ समितिमा दुईवटा समिति गोजमुमो अनि नारी मोर्चा समिति गठन गरिएको छ। सभामा सर्वसम्मतिमा पदाधिकारीहरु चयन गरियो। कमिटीमा सभापति शंकर तामाङ, उप सभापति प्रणाम राई, मूल सचिव लाक्पा तामाङ, सह सचिव श्यामवीर राई, कार्यालय सचिव राजु सुब्बा, कोषाध्यक्ष ईन्द्रबहादुर गुरुङ तथा प्रमुख सल्लाहाकारहरुमा टिकाराम राई, गम्भीरमान तामाङ, महीन तामाङ र श्याम सुब्बा रहेका छन्।

यसैगरी, नारी मोर्चा समितिमा सभापति रेबिका राणा, उप सभापति शसी प्रधान, सचिव बिनीता गुरुङ, सह सचिव लक्ष्मी गुरुङ, कोषाध्यक्षा अरुणा तामाङ, प्रचार प्रसार सचिव आरती गुरुङ तथा प्रमुख सल्लाहकारमा इन्द्रबती राई, प्रमिला शंकर, सुमित्रा तामाङ, आशा तामाङ, मनु तामाङ, सविता छेत्री लगायत 6 जना कार्यकारी सदस्याहरु चयन भएका छन्।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande