योगीघोपामा सड़क दुर्घटना, एकजनाको मृत्यु, दुई जना घाइते
योगीघोपामा सड़क दुर्घटना, एकजनाको मृत्यु, दुई जना घाइते


बङ्गाईगाउँ (असम), 27 जून (हि.स.)। जिल्लाको योगीघोपामा भएको भयावह सड़क दुर्घटनामा एकजना व्यक्तिको मृत्यु भयो भने दुई जना गम्भीर रूपमा घाइते भए। योगीघोपा पुलिसले शनिवार बताएको छ, चार चक्के वाहन अनि ई-रिक्शा आपस्तमा ठोक्किएर भयानक दुर्घटना भयो। यो घटना योगीघोपाको फोरलेन राष्ट्रिय राजमार्गस्थित करेया पहाड़को छेउमा भएको हो।

मृतक व्यक्तिको पहिचान ई-रिक्शा चालक कबाइटारी प्रथम खण्ड गाउँका निवासी उमर अलीको रूपमा भएको भने घाइतेहरूमा अतोवार रहमान र अम्बिया खातून सामेल छन् जसलाई तत्कालै चलन्तापारा सामूहिक स्वास्थ्य केन्द्रमा भर्ती गरियो। दुर्घटनाग्रस्त चार चक्के वाहन (एएस-01जीएस-7826) अनि ई-रिक्शा (एएस-19ईआर-2916)-लाई पुलिसले आफ्नो कब्जामा लिएको छ।

पुलिसले बताएको छ, चार चक्के वाहन बङ्गाईगाउँदेखि ग्वालपाड़ा तर्फ गइरहेको थियो। यसै अवधि ई-रिक्शा राष्ट्रिय राजमार्गमा यू-टर्न लिने प्रयास गर्दा द्रूत गतिको वाहनसित ठोक्कियो। सूचना पाउनसाथ घटनास्थलमा पुगेको योगीघोपा पुलिसले अग्रिम कारबाही गरिरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande