(अपडेट) दुई उल्फा (आई) क्याडर पक्राउ, तिनसुकियामा हुने आतङ्कवादी हमलालाई रोकियोः असम पुलिस
(अपडेट) दुई उल्फा (आई) क्याडर पक्राउ, तिनसुकियामा हुने आतङ्कवादी हमलालाई रोकियोः असम पुलिस


गुवाहाटी, 27 जून (हि.स.)। असम पुलिसले तिनसुकियामा प्रतिबन्धित सङ्गठन यूनाइटेड लिबरेशन फ्रन्ट अफ असम-इण्डिपेन्डेन्ट (उल्फा आई)-का दुई जना क्याडरहरूलाई पक्राउ गरिएपछि असम पुलिसले आधिकारिक रूपमा बयान जारी गर्दै भनेको छ, पुलिसले सुरक्षा बलहरूसित मिलेर ठूलो आतङ्कवादी हमलालाई रोक्नमा सफलता हासिल गरेको छ।

पुलिस मुख्यालयद्वारा जारी बयानमा बताइएको छ, गए 26 जूनको दिन केन्द्रिय एजेन्सी तथा सुरक्षा बलहरूको सहयोगले तिनसुकिया पुलिसद्वारा सञ्चालित एक गुप्तचर आधारित अभियानमा लेखापानी पुलिस स्टेशन अन्तर्गत जागुनबाट उल्फा (आई)-का दुई सक्रिय क्याडरहरूलाई पक्राउ गरियो। यी क्याडरहरूको पहिचान स्वयम्भू सेकेण्ड लेफ्टिनेन्ट सियोर असोम उपनाम हुमेनज्योति बरुवा (27) र स्वयम्भू सेकेण्ड लेफ्टिनेन्ट मनोज असोम उपनाम पापू मोरान (30)- को रूपमा गरिएको छ। यी दुवै वर्ष 2018-मा उल्फा (आई)-मा सामेल भएका थिए। यिनीहरू केही आतङ्कवादी घटनाहरूमा सामेल पक्का क्याडर पनि थिए।

दुवै क्याडरहरूबाट जफत हतियार अनि अन्य सामग्रीहरूमा दुई वटा एके-56 राइफल, एके राइफलको 172 राउण्ड जिउँंदो कारतूस, दुई वटा ह्याण्ड ग्रेनेड, एउटा औषधि किट जसमा सिरिन्ज र ओपिओइड औषधि थियो, जङ्गलमा लामोसमयसम्म जीवित रहनको लागि खाद्य सामग्री, ब्याकप्याक तथा युद्धसित सम्बन्धित अन्य सामग्रीहरू जसमा नगद पनि सामेल छन्।

शुरुआती जाँचमा थाहा लागे अनुसार उल्फा (आई)-ले पक्रा पर्ने क्याडरहरूलाई तिनसुकिया शहरमा निर्दोष नागरिकहरूमाथि अन्धाधुन्ध हमला गर्ने काम सुपम्पिएको थियो जसको उद्देश्य जनताबीच व्यापक रूपमा सन्त्राष फैलाउनु थियो।

योजनाबद्ध ढङ्गमा गरिएको यस कारबाहीबाट बाह्य शक्तिको प्रभाव अनि समर्थनको सङ्केत पाइन्छ जसले क्षेत्रलाई अस्थिर बनाउने तथा सार्वजनिक शान्तिलाई भङ्ग गर्ने प्रयास गरिरहेको छ।

यस सम्बन्धमा लेखापानी पुलिस स्टेशनमा केस नम्बर 42/2026 यू/एस 109/61(2)/189(4)/147/149/151 बीएनएस, आर/डब्ल्यू सेक्शन 10/13/16(1)(b)/18/19/20/21/39/40 यूए(पी) एक्ट आर/डब्ल्यू सेक्शन 25 (1ए)/25(6)/27(2) आर्म्स एक्ट आर/डब्ल्यू सेक्शन 4/5/6 ईएस एक्ट अन्तर्गत मुद्दा दर्ता गरिएको छ।

थाहा लागे अनुसार यी दुवै क्याडरहरू 17/10/2025-मा काकोपथारको आर्मी क्याम्पमा हमला, 21/03/2026-मा असम पुलिसको कमाण्डो क्याम्पमा हमला तथा 23/10/2024-मा जागुनको एकजना क्रशर कर्मचारीको अपहरणमा पनि सामेल थिए।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande