कुख्यात चोर वशिष्ठ पुलिसको कब्जामा, चोरेको सुन किन्ने पनि समातियो
कुख्यात चोर वशिष्ठ पुलिसको कब्जामा, चोरेको सुन किन्ने पनि समातियो


गुवाहाटी, 27 जून (हि.स.)। गुवाहाटीको वशिष्ठ थाना पुलिसले एउटा महत्वपूर्ण कारबाही गर्दै कुख्यात चोर जियाउर रहमान उपनाम केलेलाई हाथीगाउँ क्षेत्रबाट पक्राउ गरेको छ। आरोपीमाथि शहरका विभिन्न क्षेत्रमा लगातार चोरीका घटनाहरूलाई परिणाम दिएको आरोप लगाइएको छ।

पुलिस अनुसार आरोपीले गत 20 जूनको दिन नालापारास्थित एउटा घरमा त्यसबेला चोरी गरेको थियो जतिबेला घरका सदस्यहरू कोही पनि उपस्थित थिएनन्। उसले सुन र चाँदीका आभूषणहरू सहित नगद समेत चोरेको थियो। उसको कब्जाबाट चोरेको एउटा स्कुटर र घरहरूबाट चोरेका अन्य वस्तुहरू पनि जफत गरिएको छ।

जाँचमा थाहा लागेको छ, जफत गरिएको स्कुटरलाई पनि गत 4 जूनमा बेलतलाको त्रिनयन नगर क्षेत्रबाट चोरी गरेको थियो। आरोपीसित गरिएको जाँचबुझको आधारमा पुलिसले चोरीको सामान खरिद गरेको आरोपमा हाथीगाउँको नटबमा निवासी बहारूल इस्लामलाई पनि पक्राउ गरियो।

पुलिसले बहारुल इस्लामको घरमा छापामारी गरेर प्रचुर मात्रामा गलाएको सुन जफत गरेको छ। पुलिसको भनाइ छ, जियाउर रहमान उपनाम केलेले पछिल्लो लामो समयदेखिकै चोरीका घटनाहरूलाई परिणाम दिएर मानिसहरूमा सन्त्राष फैलाइरहेको थियो। मामिलाको अग्रिम जाँच जारी छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande