
काजीरङ्गा (असम), 27 जून (हि.स.)। यस वर्षको पहिलो बाढ़ले काजीरङ्गा नेशनल पार्कलाई आफ्नो चपेटमा लिन शुरू गरेको छ। ब्रह्मपुत्र नदीको बढ़्दो जलस्तरले गर्दा नदीको पानी उद्यानभित्र प्रवेश गरेको छ जसबाट वन्यजीवहरूको सुरक्षा अनि सम्भावित बाढ़ीको स्थितिलाई लिएर चिन्ता बढ़ेको छ।
ब्रह्मपुत्रसित जोड़िएका प्राकृतिक नालीहरूको माध्यमबाट आएको बाड़ीको पानी उद्यानभित्रका झील तथा अन्य जलाशयहरूमा भरिएको छ। जलस्तर लगातार बढ़्दै गइरहेकोले गर्दा आगामी दिनमा बाढ़ीको स्थिति अझ गम्भीर हुने आशङ्का व्यक्त गरिँदैछ।
सम्भावित आपदाको सामना गर्नको लागि उद्यान प्रसासनले व्यापक तयारी गरिरहेको छ। उद्यानका डीएफओ अरुण विग्नेशले बताए, वन शिविर, हात्ती नौका, स्यानिटाइजेशन व्यवस्था तथा स्वास्थ्य शिविरहरूको तयारी पहिलाबाटै पूरा गरिएको छ।
उनले अझ बताए, आवश्यक स्थानहरूमा ब्यारिकेडलाई तयार राखिएको छ। साथै वन्यजीवहरूको गतिविधिमाथि निगरानी अनि उनीहरूको सुरक्षा सुनिश्चित गर्नको लागि 6 वटा स्थानहरूमा जड़ान गरिएको सेन्सर क्यामराहरूलाई पनि सक्रिय बनाइएको छ। प्रशासनको भनाइ छ, बाढ़ी आएको अवस्थामा वन्यजीवहरूको सुरक्षा अनि तत्काल बचाउको लागि सबै आवश्यक प्रबन्ध गरिएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा