मुख्यमन्त्रीले आठ वटा प्रमुख विभागहरूका बजट प्रस्तावहरूको समीक्षा गरे
मुख्यमन्त्रीले आठ वटा प्रमुख विभागहरूका बजट प्रस्तावहरूको समीक्षा गरे


गुवाहाटी, 27 जून (हि.स.)। असम सरकारका आठ वटा महत्वपूर्ण विभागहरूको वर्ष 2026-27 का बजट प्रस्तावहरूको आज विभागीय अधिकारीहरूसित समीक्षा गरियो।

असमका वित्त, वन एवं पर्यावरण मन्त्री जयन्त मल्लबरुवाले बताए, मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाको नेतृत्वमा शनिवार दिसपुर लोकसेवा भवनमा समीक्षा बैठक आयोजना गरियो जसमा पूँजीको सर्वोत्तम उपयोगलाई सुनिश्चित गर्दै व्यवहारिक एवं विकासोन्मुख बजट तयार गर्नेमाथि विस्तार पूर्वक चर्चा गरियो। सरकारको उद्देस्य सार्वजनिक सेवाहरूलाई अझ बढ़ी सशक्त बनाउनु तथा विकासको लाभ राज्यका प्रत्येक नागरिकसम्म पुऱ्याउनु हो।

मन्त्री मल्लबरुवाले भने, राज्य सरकार एउटा यस्तो यथार्थवादी बजट निर्माणको लागि प्रतिबद्ध छ जसले उपलब्ध संसाधनहरूको प्रभावी उपयोग सुनिश्चित गर्दै असमको समग्र विकासलाई गति प्रदान गरोस् अनि जनकल्यामकारी योजनाहरूलाई अधिक प्रभावकारी बनाओस्। यस अवधि मुख्यमन्त्रीले विभिन्न विभागहरू अन्तर्गत भइरहेका परियोजनाहरूको क्रियान्वयनलाी लिेर वनि विस्तार पूर्वक चर्चा गरे। मुख्यमन्त्रीले सबै परियोजनाहरूलाी निर्धारित समय-सीमाभित्रमा पूरा गर्ने निर्देश दिए।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande