सिलगढ़ीमा एजुकेशन फेयर-2026 आयोजित, पर्यटन मन्त्री शङ्कर घोष भए सामेल
सिलगढ़ीमा एजुकेशन फेयर-2026 आयोजित, पर्यटन मन्त्री शङ्कर घोष भए सामेल


सिलगढ़ी, 27 जून (हि.स.)। उच्च माध्यमिक परीक्षाको परिणाम जारी भएदेखि नै विद्यार्थी अनि अभिभावकहरू उच्च शिक्षा तथा करियरलाी लिएर चिन्ता बढ़ेको छ। कुन विषयमा पढ़्दा भविष्य उज्जवल हुन्छ, कुन विश्वविद्यालयलाई चयन गर्नु जस्ता अनेकौं प्रश्नहरूको जवाफ दिनका लागि सिलगढ़ीमा एक दिवसीय ‘प्री-काउन्सलिङ्ग एण्ड एजुकेशन फेयर-2026’ को आयोजन गरियो।

शनिवार सिलगढ़ीको कोर्टयार्ड बाय म्यारिट होटलमा आयोजित यस शिक्षा मेलाको आयोजन पश्चिम बङ्गाल व्यावसायिक शैक्षणिक संस्थानहरूको सङ्घ (एपीएआई, डब्ल्यूबी) -द्वारा गरिएको थियो। यस मेलामा देशभरिका 50 वटाभन्दा अधिक प्रतिष्ठित विश्वविद्यालय, कलेज औ शिक्षा संस्थानहरूले भाग लिएका थिए। यहाँ विद्यार्थीहरूलाई विभिन्न कोर्स, एडमिशन प्रक्रिया, स्कलरशिप औ प्लेसमेन्टसित सम्बन्धित विस्तृत जानकारी एउटै ठाउँमा प्राप्त गर्ने अवसर मिल्यो। कार्यक्रमको उद्घाटनको अवसरमा राज्यका पर्यटन मन्त्री शङ्कर घोष सहित केही प्रशासनिक अधिकारी अनि शिक्षाविद्हरू उपस्थित थिए।

मन्त्री शङ्कर

घोषले विद्यार्थीहरूलाई सम्बोधन गर्दै भने, राज्य सरकारको प्रयास हो कि विद्यार्थीहरूलाई उच्च शिक्षा हासिल गर्नका लागि अन्य राज्य वा विदेशहरूमा जाने आवश्यकता नपरोस्। राज्यमै अन्तर्राष्ट्रिय स्तरको शिक्षा उपलब्ध गराउनको लागि बुनियादी ढाँचालाई मजबुत बनाइँदैछ जसबाट समय अनि धन दुवै बचत हुनेछ।

फेयरमा उपस्थित विशेषज्ञहरूले विद्यार्थीहरूलाई उनीहरूको रुचि, योग्यता अनि भविष्यको योजनाको आधारमा उचित कोर्स चयन गर्नको लागि मार्गदर्शन गरियो। साथै विभिन्न संस्थानहरूका प्रतिनिधिहरूसित सोझै बातचित गरी अभिभावक अनि विद्यार्थीहरूले एडमिशनसित सम्बन्धित जटिलताहरूको समाधान पनि गरे।

शिक्षाविदहरूको मान्यता छ, यस किसिमको आयोजनले विद्यार्थीहरूको उज्जवल भविष्यको निर्माणमा अहम भूमिका निर्वाह गर्नेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande